बुटवल ।
लिची खानुका फाइदाहरु (लिचीमा कार्बोहाइड्रेट, भिटामिन सी र बि कम्प्लेक्ससँगै पोटासियम, क्याल्सियम जस्ता खनिज पदार्थ पाइन्छ । लिची खाँदा अनुहारमा निखार आउँछ भने चाउरिपन पनि हट्छ । (लिचीमा पाइने क्याल्सियम, फस्फोरसले बच्चाको शारीरिक विकासमा महत्वपुर्ण भूमिका खेल्छ ।
चिसो लागेको छ र घाँटी दुःखेको छ भने पनि लिची खानु लाभदायक मानिन्छ । (लिची खानाले मुटु स्वस्थ हुन्छ भने क्यान्सर सेल्स र ट्युमर पैदा हुनबाट रोक्छ । जसले मलद्धारमा हुने क्यान्सरको खतरा हुँदैन । दिमागीय कमजोरी हटाउन र स्मरणीय शक्ति बढाउन पनि यो फल निकै लाभदायक मानिएको छ ।
यसका साथै मुटुको धड्कन बढ्ने र हात खुट्टा पोल्नेजस्ता रोगीहरूले पनि लिची खाने र यसको रस दल्ने गर्नाले अत्यन्त फाइदा हुने बताइएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)