चितवन जेठ,३१।
क्रिकेट एसोसियन अफ चितवनका अध्यक्ष सुदिप पियाको मृत्यु भएको छ । उनको भरतपुर महानगरपालिका वडा नं. १ नारायणगढस्थित घरमा मृत्यु भएको क्यान चितवनका सचिव सुरज ज्ञवालीले नागरिक अनलाइनलाइ जानकारी दिए ।
विहान १० बजेतिर अचानक स्ट्रोक आएर उनको मृत्यु भएको सचिव ज्ञवालीले बताए । घरमा एक्लै रहेका पिया विहानबाट फर्किएर बेडमा पुग्नै लाग्दा अचानक ढलेका थिए ।
उनको त्यहीँ नै मृत्यु भएको थियो । पिया २०८० साउनमा क्यान चितवनको अध्यक्ष निर्वाचित भएका थिए । उनी यसअघि क्यान चितवन उपाध्यक्ष , कार्यवाहक अध्यक्ष तथा कार्यसमिति सदस्य भएका थिए । उनका एक श्रीमती एक छोरा र एक छोरी छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)