Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

कक्षा ४ मा अध्ययनरत खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक (भिडियोसहित)

कक्षा ४ मा अध्ययनरत खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक (भिडियोसहित)

  • 579
    SHARES

  • कक्षा ४ मा अध्ययनरत  खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं जेठ, २८ ।


    बालगायिका परिधी खतिवडाको आवाजमा सजिएको बालमैत्री गीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

    कक्षा ४ मा अध्ययनरत परिधीले प्रस्तुत गरेको यो सिर्जना बाल भावना, पारिवारिक आत्मीयता र राष्ट्रिय चेतनाको सन्देश बोकेको प्रेरणादायी प्रयास हो ।

    काठमाडौंको बानेश्वरस्थित प्रज्ञाकुञ्ज बोर्डिङ स्कुलमा अध्ययनरत परिधीको स्वरमा रहेको गीतका शब्द उनका पिता इ. प्रमोद खतिवडाले लेखेका हुन् । सडक विभागमा कार्यरत इञ्जिनियर प्रमोद पेशाले प्राविधिक भए पनि साहित्य र संगीतप्रतिको अभिरुचिका कारण उनका कलमबाट यसअघि पनि विभिन्न भावनात्मक गीतहरू जन्मिइसकेका छन् ।

    गीतमा सविन लिम्बूले संगीत तथा एरेञ्जमेन्ट गरेका छन्, जसले परिधीको भावनात्मक स्वरलाई गहिराइ दिने काम गरेको छ। निर्देशन ‘गुरुभाइ फकीर’ले गरेका हुन्। भिडियो परिधी अध्ययनरत विद्यालय र काठमाडौं वरपरका रमणीय स्थलहरूमा छायांकन गरिएको छ ।

    सिर्जनामा बालमनको कल्पना मात्र होइन, देशप्रतिको माया र सामाजिक सद्भावको भावनालाई पनि समेटिएको छ। राष्ट्रिय भावनाले भरिएको बाल गीत भएकोले, यस गीतले बाल चेतनामा देश प्रतिको माया र सद्भाव जागृत गराउने आशा गरिएको छ ।

    गीतले न्यानो पारिवारिक सम्बन्धसँगै देश र माटोप्रतिको समर्पणलाई सरल शब्द र मिठो धुनमार्फत उजागर गर्ने प्रयास गरेको छ ।

    यसअघि परिधीले ‘लिटिल स्टार नेपाल’ प्रतियोगितामा ‘मोस्ट पपुलर कन्टेस्टेन्ट’ को उपाधि जितेकी थिइन्। गायन, नृत्य, कविता वाचन, चित्रकलालगायत विभिन्न अतिरिक्त क्रियाकलापमा रुचि राख्ने परिधीको बहुप्रतिभा यस गीतमार्फत पुनः उजागर भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, जेठ २८ २०८२०९:२३:२२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology