काठमाडौं,जेठ २६ ।
प्रविधिको प्रयोग बढ्दैजाँदा नेपाली बजारमा उपभोक्ता र व्यवसायीलाई लक्षित गरी एमएसपी सलुसनले सफिड्रप नामक अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
यो प्लेटफर्मले अनलाइन सपिङ लाई सहज बनाउने लक्ष्य राखेको छ । एमएसपी सलुसनका अध्यक्ष रोशन भुसालका अनुसार सफिड्रपले व्यवसायी र उपभोक्तालाई डिजिटल बजारमा जोड्नेछ । अनलाइन कारोबारले व्यवसायीको सञ्चालन खर्च कम गर्ने पनि उनले बताए ।
अहिले अधिकांश प्लेटफर्मले उच्च कमिसन लिइरहेको गुनासो सुनिन्छ । तर हामीले सफिड्रपमा यो समस्या कम गर्न नयाँ शैली अपनाएका छौँ । व्यवसायीले सफिड्रप डटकममा साइनअप गरी आफ्नो व्यवसायको विवरण राख्नुपर्ने छ । कम्पनीले भेरिफाइ गरेपछि प्याकेज छनोट गर्न सकिने व्यवस्था गरिएको अध्यक्ष भुसालले बताए । उनका अनुसार न्युनतम प्याकेजमा १५० प्रकारका सामान बिक्री गर्न मासिक १ हजार रुपैयाँ लाग्छ, जुन अहिले निःशुल्क छ ।
प्रिमियम प्याकेजमा २,५०० भन्दा बढी प्रकारका सामान बिक्री गर्न मासिक ६,हजार रुपैयाँ लाग्छ । विभिन्न ७ प्रकारका प्याकेज मध्य न्यूनतम बाहेक अन्य प्याकेजमा ५०प्रतिशत छुट छ,’ उनले भने सामान बिक्रीको २.५प्रतिशत बजार व्यवस्थापन र ०.५प्रतिशत उपभोक्ताको रिवार्ड प्वाइन्टका लागि लिइन्छ । यो ०.५ प्रतिशत रकम उपभोक्ताले पछि सामान किन्दा प्रयोग गर्न सक्छन् यो शुल्क महिनाको अन्त्यमा संकलन हुन्छ।
सामान बिक्री भएपछि व्यवसायीको खातामा तुरुन्तै पैसा जम्मा हुने उनको दावी छ । व्यवसायीले आफ्नो ड्यासबोर्डबाट डिजिटल वालेटसमेत जोड्न सक्ने उनको भनाइ छ । न्यून शुल्कका कारण उपभोक्तालाई सामानको मूल्य सस्तो पर्ने उनले बताए । प्रत्येक खरिदमा ०.५ प्रतिशत रकम रिवार्ड प्वाइन्टका रुपमा जम्मा हुन्छ, जुन पछि सामान किन्दा प्रयोग गर्न सकिने पनि उनले बताए ।
उपभोक्ताले सोफीड्रपमा साइनअप गरेर कम्पनी छनोट गरी सामान किन्न सक्ने र कम्पनीको ठेगाना हेरेर नजिकै गएर पनि सामान किन्न सकिने उनको भनाइ छ । व्यवसायीको गुनासो सुनेर यो प्लेटफर्म सञ्चालनमा ल्याएको उनले बताए । सामान बिक्री भएको लामो समयपछि पैसा आउने समस्यालाई रियलटाइम भुक्तानीले समाधान गरेका छौँ।’ कम्पनीका अध्यक्ष भुसालले बताए । गुल्मी मदानेका भुसालले बिगत चार बर्ष देखि काठमाण्डौमा आईटि व्यवसाय गर्दै आएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)