Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

पाल्पाको रम्भामा यार्सागुम्बा भेटियो,स्थानीयमा उत्साह ,वन प्रवेशमा रोक

पाल्पाको रम्भामा यार्सागुम्बा भेटियो,स्थानीयमा उत्साह ,वन प्रवेशमा रोक

  • 1.1K
    SHARES

  • पाल्पाको रम्भामा यार्सागुम्बा भेटियो,स्थानीयमा उत्साह ,वन प्रवेशमा रोक

    पाल्पा,जेठ २६ ।

    पाल्पाको रम्घा गाउँपालिका २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बारम्भामा भेटिएको यार्सागुम्बा जस्तो देखिने जडीबुटी यार्सागुम्बा नै भएको प्रमाणित भएको छ । 

    डिभिजन वन कार्यालयले केन्द्रीय प्रयोगशालामा यार्सागुम्बा भए नभएको परिक्षण गर्न नमुना पठाएको थियो । प्रयोगशालाको रिपोर्ट अनुसार उक्त वस्तु यार्सागुम्बा भएको प्रमाणित भएको छ । रम्भा गाउँपालिकाले यस अघी नै उक्त वनमा प्रवेश गर्न निषेध गरिसकेको छ ।

    राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए।

    रिमिघा लेकमा गत साता यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो। उक्त क्षेत्रमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो।

    गाउँपालिकाले उक्त क्षेत्रमा प्रवेश निषेध गरेको छ। पालिकाले सूचना नै निकालेर सो क्षेत्रमा प्रवेश निषेध गरेको हो।प्रयोगशालाको प्रतिवेदन आएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर यार्सा भेटिएको क्षेत्रमा अझै केही दिन सर्वसाधारणलाई प्रवेश निषेध गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए। 

    “रिमिघा लेकमा यार्सा नै भएको प्रमाणित भएको छ,” प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भने “तर त्यो कस्तो प्रजातिको हो, साथै त्यसको मेडिसनल भेल्यु कति छ भन्ने यकिन भएको छैन ।” एक हजार आठ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा यार्सा भेटिएको प्रमाणित भएपछि जिल्लावासी उत्साहित भएका छन्।हिमाली तथा उच्च पहाडी क्षेत्रमा विश्वकै बहुमूल्य औषधिजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी हो। यार्सागुम्बा विश्वमा आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा रहेको बताइएको छ।​

    यार्सागुम्बामा औषधिजन्य गुण अन्तरनिहित हुने हुँदा यसको प्रयोग शक्तिवद्र्धक, क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सोको सङ्क्रमण, मिर्गौला, कलेजोसम्बन्धी, मुटु आदि रोगको औषधि बनाउन प्रयोग हुने जनाइएको छ।

    समुद्री सतहबाट तीन हजार पाँच सय मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्मको उचाइमा यार्सागुम्बा पाइन्छ। आयुर्वेद चिकित्सककाअनुसार यो एक प्रकारको च्याउ तथा लार्भा अवस्थाको पुतलीको संयुक्त रूप हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology