पोखरा,जेठ २५ ।
पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको घुइँचाे लागेकाे छ ।
महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका झन्डै ५ लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन् । यसले कोटिहोम ऐतिहासिक, अद्वितीय र अविस्मरणीय वनेको छ ।
कोटिहोममा देशभरबाट आएका भक्तजनले महायज्ञ स्थल खचाखच भएको थियो । भक्तजनको भिडलाई आयोजकले कुशलता पूर्वक व्यवस्थापन गरेको थियो । कोटिहोममा आएका भक्तजनले अहिले सम्म यति ठुलो उपस्थिति नदेखेको भन्दै अचम्मित भएका थिए । कोटिहोम दर्शन गर्न आउने भक्तजनको भिडले पोखराको यातायात सेवा नै प्रभावित भएको थियो।
आज निर्जला एकादशी त्यस माथि आज नै २१ करोड दीप प्रज्वलन भएका कारण पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो । बिहान १० बजे ज्योति भिजाएर साँझ ६ बजे २१ करोड दीप प्रज्वलन गरिएको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । यती ठुलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दाबी छ ।
कोटिहोममा शनिवार प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुतिले पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो ।
कोटिहोममा भागवत मञ्जरी राधिका दासी आज क्षेत्री समुदायको पोसाकमा कथा वाचन गरेकी थिइन । उनले गत सोमबार गुरुङ समुदायको पोसाकमा कथा वाचन गरेकी थिइन् । यसअघि जेठ २६ सम्म सञ्चालन हुने कोटीहोमको समयावधि थप गरेर ३१ गतेसम्म पु¥याइएको हो ।
मानव सेवा फाउन्डेसनलाई जग्गा दान :

कोटिहोममा पोखरा महानगर पालिका वडा नं ३३ वस्ने नीलकण्ठ पौडेलले मानव सेवा फाउन्डेसनलाई जग्गा दान गरेका छन् । उनले आज महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजलाई ३ रोपनी २ दाम ३ पैसा जग्गा दान गरे । उनीसँगै वेलगाडी नगरपालिका वडा नं २ नुवाकोट निवासी राम शरण न्यौपानेले ४ आना जग्गा प्रदान गरेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
उनका अनुसार फाउन्डेसनलाई अन्नपूर्ण गाउँपालिका र स्याङ्जाबाट करिब २२ रोपनी जग्गा प्राप्त भइसकेको छ । आश्रम स्थापनाकै लागि पोखराबाट धेरै भक्तजन र धार्मिक सङ्घ संस्थाले जग्गा दान गर्ने सूचना दिएको उनले जनाए । कोटिहोममा शनिवार दान गर्ने भक्तजनको लर्को लागेको थियो ।
कोटिहोममा सान्ता मान राई र सस्मिता राइ भोजपुरबाट नगरपालिका– ११ आम्तेकबाट ५ लाख १ हजार, पूर्वमन्त्री हरि पाण्डे र तुलसा पाण्डे पोखराबाट २ लाख ५ हजार, रंगिला पौडेल आचार्य, भुवानी शंकर पौडेल सपरिवार पोखरा–१७ बाट १ लाख १ हजार २ सय २५, वीरबहादुर गुरुङ पोखरा–१७ बाट १ लाख १ हजार १ सय ११ सहयोग गरी फाउन्डेसनद्धार सञ्चालित आश्रममा रहेका अनाथ वाल वालिकाको अभिभावक वनेका छन् ।
त्यसै गरी हरिमाया बराल कास्की पोखराबाट १ लाख ५३ हजार १ सय, भोलानाथ रेग्मी सपरिवार स्याङ्जा पुतली बजार–५ बाट ६० हजार (चौरासी पूजा), खुमबहादुर पौडेल स्याङ्जा वालिङबाट ६० हजार (चौरासी पूजा), जेरनाथ ढकाल, कृष्णकुमारी ढकाल पोखरा विरौटाबाट ५१ हजार १ सय ११, राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रीय उपाध्यक्ष ई. हेमजंग गुरुङ ५१ हजार सहयोग प्रदान गरी आजीवन सदस्य वनेका छन् ।
त्यस्तै राधाकृष्ण घिमिरे लम्जुङबाट २५ हजार, क्या। किर्तिनिधि पाण्डे तनहुँ–४ २५ हजार १ सय ११, ददि कुमारी भुजेल स्याङ्जाबाट २५ हजार १ सय, इन्द्र प्रसाद ढुंगाना, कौशिला ढुंगाना पोखरा–१७ बाट २५ हजार, तुलसी क्षेत्री सपरिवार पोखरा–१४ बाट ३० हजार ५ सय, लिलावति पौडेल सपरिवार स्याङ्जा पुतली बजार २५ हजार ५ सय ८५, चोपकला खनाल वुटवल–१३ बाट १० हजार ५ सय ५५, राधाकृष्ण घिमिरे लमजुङ्–७ बाट २५ हजार, भुवनराज बराल, शोभा बराल पोखरा–५ बाट २५ हजार ५ सय ५५, विनोद गुरुङ पोखरा–६ बाट २५ हजार ५ सय ५५, पार्वती गौतम कास्कीबाट २५ हजार ५ सय ५, लिटल गार्डेन स्कुल पोखरा–२७ बाट २५ हजार, श्रीधारा म्याग्दी पोखरा समाज सपरिवार कास्कीबाट २८ हजार २ सय ३२ सहयोग प्रदान गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)