Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

वित्तीय साक्षरताको प्रवर्द्धनमा विद्यालय शिक्षाको भूमिकाबारे वक्तृत्वकला,बुद्ध पब्लिककी अनुस्का प्रथम

वित्तीय साक्षरताको प्रवर्द्धनमा विद्यालय शिक्षाको भूमिकाबारे वक्तृत्वकला,बुद्ध पब्लिककी अनुस्का प्रथम

  • 2.3K
    SHARES

  • वित्तीय साक्षरताको प्रवर्द्धनमा विद्यालय शिक्षाको भूमिकाबारे वक्तृत्वकला,बुद्ध पब्लिककी अनुस्का प्रथम

    बुटवल,जेठ २४ ।

    नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिको आयोजनामा शुक्रबार  प्रथम अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता  भव्य रूपमा सम्पन्न भएको छ। वित्तीय साक्षरता प्रवर्द्धनमा विद्यालय शिक्षाको भूमिका भन्ने विषयमा आयोजित उक्त प्रतियोगिता होटेल बुद्ध रेजेन्सी, एयरपोर्ट , भैरहवामा सम्पन्न भएको हो। 

    प्रतियोगितामा १४ वटा स्थानीय तहबाट २७ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। विद्यार्थीहरूले आफ्नो प्रस्तुतीमार्फत विद्यालय तहमा वित्तीय साक्षरता आवश्यकताको महत्वलाई उजागर गरेका थिए।

    प्रतियोगिता समापन कार्यक्रममा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो भने उत्कृष्ट तीन वक्ताहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको आयोजक समितिले जनाएको छ। जसमा देवदह नगरपालिकामा रहेको बुद्ध पब्लिक ई. स्कुलकको छात्रा अनुस्का भण्डारी  प्रथम , शुद्धोधन गाँउपालिकामा रहेको लिटिल फ्लावर ई . सेकेन्डरी स्कुलको छात्र समर्थ फौदार द्वितीय र
     तिलोत्तमा नगरपालिकामा रहेको शान्ति नमुना माबिका सर्वदा वि.क तृतिय स्थान हासिल गर्न सफल भएका थिए । 

    कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक रमेश आचार्यले विद्यालय तहबाट नै वित्तीय साक्षरताको शिक्षा दिन सकिएमा भविष्यमा आर्थिक रूपमा सशक्त नागरिक उत्पादन गर्न सकिने बताए। उनले नेपाल राष्ट्र बैंकले गर्दै आएको वित्तीय साक्षरता अभियानमा यस्ता कार्यक्रमले थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए । 

    कार्यक्रमको अध्यक्षता गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष पदम राज भुसालले विद्यार्थीहरूलाई वित्तीय विषयमा सचेत तुल्याउन विद्यालय स्तरमै यस्ता प्रतिस्पर्धा आयोजना गर्नु आवश्यक रहेको बताए। उनले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    प्रतियोगिताको मूल्याङ्कन अर्थविद् तथा विषय विज्ञ तथा निर्णायक संयोजक सोमराज नेपाली, पत्रकार एवं बैंकर आविष्कार खनाल र पत्रकार भगवती पाण्डेले गर्नु भएको थियो।

    कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक भाग लिएका थिए। निर्णायकहरूले प्रतियोगीहरूको तयारी, प्रस्तुति शैली र विषयको ज्ञानको आधारमा मूल्यांकन गरेका थिए।

    कार्यक्रमले विद्यालय शिक्षामा वित्तीय साक्षरताको विषयलाई समावेश गर्नुपर्ने आवश्यकतालाई थप बल पुर्‍याएको सहभागीहरूको धारणा थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, जेठ २४ २०८२०७:३२:५८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology