Logo शनिवार, श्रावण १६ गते २०८३
images

औषधि व्यवसायी संघद्वारा सञ्चारकर्मीसँग स्वास्थ्य सञ्चार कार्यक्रम

औषधि व्यवसायी संघद्वारा सञ्चारकर्मीसँग स्वास्थ्य सञ्चार कार्यक्रम

  • 792
    SHARES

  • औषधि व्यवसायी संघद्वारा सञ्चारकर्मीसँग स्वास्थ्य सञ्चार कार्यक्रम

    बुटवल,जेठ २४ ।

    नेपाल औषधि व्यवसायी संघ रुपन्देहीले सञ्चारकर्मीहरुसँग स्वास्थ्य सञ्चार कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा व्यवसायीहरुले खुला सीमाका कारण हुने अवैध औषधिको आयातसँगै दर्ता नभएका औषधि पसल, घुमन्ते र झोलामा औषधि बिक्री गर्ने व्यवसायीहरुका कारण समस्या सिर्जना भएको भएको बताएका छन् ।

    साथै एलोपेथिक र आयुर्वेदिक औषधिहरु एउटै पसलबाट बेच्न नपाउने नीतिगत व्यववस्था र औषधिजन्य सामग्रीमा भ्याट लाग्ने तर औषधिमा भ्याट नलाग्ने हुँदा पनि समस्या भइरहेको उनिहरुको भनाई छ ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीले स्वास्थ्य कार्यालयले औषधि पसलहरुको नियमित अनुगमनमा सहजिकरण गर्दै आएको बताए । गलत काम गर्ने व्यवसायीहरुलाई कारवाहीका लागि सिफरीस गर्दै आएको बताउँदै उनले जनस्वास्थ्यलाई सुधार गर्नका लागि सहकार्य गर्न तयार रहेको घारणा राखे ।

    कार्यक्रममा औषधि व्यवसायी संघ रुपन्देहीका अध्यक्ष खड्गबहादुर बस्नेतले औषधि व्यवसायलाई व्यवस्थीत बनाउन जरुरी रहेको बताए । व्यवसायीहरुले एमआरपी भन्दा बढी मुल्यमा र म्याद नाघेका औषधि बिक्री गर्न नहुने उनले बताए ।  कार्यक्रममा औषधि व्यवसायी संघ रुपन्देहीका संस्थापक अध्यक्ष सुरज भट्टराईले पत्रकारहरुले राखेका जिज्ञासाहरुको जवाफ दिएका थिए । 

    औषधि व्यवसायी संघ रुपन्देहीका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक केदार नेपालले कार्यक्रमबारे प्रकाश पार्दै संघले वार्षिक रुपमा गर्दै आएका बिभिन्न कार्यक्रमहरुबारे जानकारी गराएका थिए । यस्तै औषधि व्यवसायी संघका पूर्व केन्द्रिय अध्यक्ष तथा रुपन्देहीका विशेष सल्लाहकार बाबुराम भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले आआफ्नो भनाइ राखेका थिए ।

    रुपन्देहीमा औषधि व्यवस्था विभागमा दर्ता भएका खुद्रा व्यवसायीहरुको संख्या १ हजार ३४५ रहेको छ । जसमा एलोपेथिक १ हजार ९२, आयुर्वेदिक १०५, होमियोप्याथी ३० र भेटेनरी ११८ रहेका छन् भने संघमा सदस्यता लिएका करिब १ हजार १ सय रहेका छन् । गत बैशाख मसान्तसम्म ७८५ वटा नवीकरण भइसकेका छन् ।

    यस्तै विभागमा दर्ता भएका थोक औषधि व्यवसायस्हरुको संख्या २९८ रहेको छ । जसमा एलोपेथिक २५३, आयुर्वेदिक १८, होमियोप्याथी २, युनानी १ र भेटेनरी २४ रहेका छन् भने संघमा सदस्यता लिएका करिब २ सय रहेका छन् । गत बैशाख मसान्तसम्म १६३ नवीकरण भइसकेका छन् ।

    संघले गरेको आन्तरिक सर्वेक्षण अनुसार रुपन्देहीमा ५६० वटा औषधि पसल ओषधि व्यवस्था विभागमा दर्ता नभएको पाइएको छ । औषधि व्यवसायी संघ रुपन्देहीका महासचिव कृष्ण पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology