Logo बिहिवार, आश्विन १ गते २०८३
images

अमेरिकामा २ बालबालिकासहित ४ जना नेपाली मृत फेला

अमेरिकामा २ बालबालिकासहित ४ जना नेपाली मृत फेला

  • 939
    SHARES

  • अमेरिकामा २ बालबालिकासहित ४ जना नेपाली मृत फेला

    काठमाण्डौ,जेठ २४ ।

    अमेरिकामा दुई बालबालिकासहित चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको मानेसार पार्क नजिक घरमा दुई बालबालिका,एक महिला र एक पुरुष बिहीवार मृत भेटिएका हुन् ।

    ज्यान गुमाउनेमा ३८ वर्षका सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, दुई वर्षीय बालक र आठ वर्षीया बालिका रहेका छन् । उनीहरुको गोली लागेर ज्यान गएको पाइएको छ । मृतकको नेपालको ठेगाना खुलिसकेको छैन । घटनाकाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    एनबीसी वासिङ्टन (न्यूज ४) का अनुसार घटनापछि छिमेकीले मृतकहरू झन्डै छ महिना अघि त्यहाँ बसाइ सरेर पुगेको जानकारी दिएका छन् । घटनाको अनुसन्धान चलिरहेको र थप विवरण प्राप्त हुन सकेको छैन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology