Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

बुटवलमा आरोग्य स्पर्श क्लिनिक, छाला,यौन तथा स्त्री रोगको विशेषज्ञ सेवा दिइने

बुटवलमा आरोग्य स्पर्श क्लिनिक, छाला,यौन तथा स्त्री रोगको विशेषज्ञ सेवा दिइने

  • 2.3K
    SHARES

  • बुटवलमा आरोग्य स्पर्श क्लिनिक, छाला,यौन तथा स्त्री रोगको विशेषज्ञ सेवा दिइने

    बुटवल,जेठ २३ ।

    एक करोडको लगानीमा बुटवलमा आरोग्य स्पर्श क्लिनिक सञ्चालनमा आएको छ । आरोग्य स्पर्श क्लिनिकको औपचारिक शुभारम्भ भने शनिबार गरिने छ । क्लिनिकबाट एकै ठाउँमा छाला,यौन र स्त्री रोगको विशेषज्ञ सेवा प्रदान गर्ने गरिने छ ।

    छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. मनोज सापकोटा, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. बिन्दु खरेल र अर्की स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. शीला ढकाल सहितको टिमले क्लिनिक सञ्चालनमा ल्याएको हो ।

    क्लिनिकमा आधुनिक प्रविधि, विशेषज्ञ डाक्टरहरुको टोली र व्यक्तिगत हेरचाहद्वारा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने छाला, यौन रोग तथा कुष्ठरोग विशेषज्ञ डा. मनोज सापकोटाले बताए । क्लिनिकले आर्थिक रुपमा अति विपन्न र असहायका लागि निःशुल्क उपचार गर्ने योजना समेत बनाएको छ । “गरीव तथा आर्थिक रुपले विपन्न नागरिकको उपचार सेवा निःशुल्क गर्ने हाम्रो प्रयास रहने छ”–उनले भने ।IMG_0238.jpeg

    कृत्रिम बुद्धिमतामा आधारित छाला विश्लेषण प्रविधि, छालाका समस्याहरुको डिजिटल परीक्षण, लेजर प्रविधिबाट दागहरु हटाउने, ट्याटु हटाउने, कपाल प्रत्यारोपण, डन्डीफोर, पिम्पल र चायाको विशेषज्ञ उपचार गरिने स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.बिन्दु खरेलले बताइन् ।

    साथै निसन्तानलाई सल्लाह सुझाव तथा उपचार, गर्भवती महिलाको सम्पूर्ण जाँच र पाठेघरसँग सम्बन्धित सम्पूर्ण जाँच गरिने उनले बताइन् ।

    यस्तै क्लिनिकले शुभारम्भको अवसरमा विभिन्न छुट अफर समेत ल्याएको छ । जस अनुसार सुरुवातको ३ दिनसम्म निःशुल्क परामर्श सेवा, चयनित एस्थेटिक उपचारमा छुट र एक महिनाको लागि छालाको विश्लेषण निःशुल्क हुने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology