बुटवल,जेठ २३ ।
मेट्रो काठमाडौँ अस्पताल प्रा.लि.ले बुटवलबाट पनि आफ्नो सेवा सुरु गरेको छ । बुटवल – ८ सुन्दरचोक सुख्खानगरस्थित प्याराडाइज हेल्थ केयरको सहकार्यमा मधुमेह, थाइराइड तथा इन्डोक्राइन सेन्टरबाट शनिबारदेखि औपचारिक रुपमा सेवा सुरु गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।
लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक तथा औद्योगिक केन्द्र स्वास्थ्यको हव बुटवल क्षेत्रका बिरामी काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दै सेवा सञ्चालनमा ल्याइएको हो । मधुमेह, थाइराइड तथा इन्डोक्राइन सेन्टर, बुटवलका मेडिकल अधिकृत डा. किरण आचार्यले अब्बल र दक्ष चिकित्सकबाट उपचार हुने बताए ।
काठमाडौं रिफर गर्नुपर्ने बिरामीको लागि मेट्रो काठमाडौं अस्पतालमा रिफर गरी विशेष सहुलियतमा उपचार गरिने डा. आचार्यको बताए । डा. आचार्यले समुद्घाटनका दिन बिरामीहरुलाई लक्षित गर्दै ओपिडी सेवा निःशुल्कसहित अन्य सेवामा विशेष सहुलियत प्रदान गर्ने बताए ।
‘नेपालमा मधुमेह तथा थाइराइडको उपचार सुरु गर्ने डाक्टरहरुमध्येका प्रमुख एक डा. ज्योति भट्टराईको सहकार्य र सल्लाहमा अनुगमन रहने छ । डा. आचार्यले भने, – ‘यस सेन्टरमा मधुमेह थाइराइडसम्बन्धी समस्या, मोटोपन, कम उचाई, कोलेस्टेरोल, यौन दुर्बलता, महिनावारी गडबडी, निसन्तान वा गर्भ नरहने, पीसीओडी भिटामिन डी को कमी युरिक एसिड, बढनेलगायत अन्य हर्मोनसम्बन्धीको उपचार हुन्छ ।’ सेन्टरमा तीन जना विशेषज्ञ डाक्टरले सेवा दिनेछन, वरिष्ठ इन्डोक्राइनोलोजिष्ट डा. ज्योति भट्टराई तीन– तीन महिनामा अस्पतालमा सेवा दिन आउनेछिन् ।
इन्डोक्राइनोलोजिष्ट डा. विनय भट्टराई भने हरेक महिना सेवा दिनेछन् भने लामो समय बुटवलमा रहेर मधुमेह बिरामीहरुको सेवा गरेका वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. किरण आचार्य हरेक हप्ता चार दिन बुधबारदेखि शनिबारसम्म अस्पतालमा रहेर सेवा दिनेछन् । जटिल र अप्ठ्यारो रोगका बिरामीहरुको उपचार तीनै जना डाक्टरहरुको सल्लाहमा हुनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)