Logo बिहिवार, आश्विन १ गते २०८३
images

विद्यार्थीलाई २५ हजार रुपैया बराबरको पोशाक बाँडेर सुनारले मनाइन जन्मदिन

विद्यार्थीलाई २५ हजार रुपैया बराबरको पोशाक बाँडेर सुनारले मनाइन जन्मदिन

  • 927
    SHARES

  • विद्यार्थीलाई २५ हजार रुपैया बराबरको पोशाक बाँडेर सुनारले मनाइन जन्मदिन

    बुटवल, जेठ २१ ।

    बुटवल माबिका जेहेन्दार विद्यार्थीहरूलाई २५ हजार रुपैयाँ बराबरको ड्रेस वितरण गरेर एलिसा सुनारले जन्मदिन मनाएकी छन् ।साे विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो ।

    बुद्ध बहादुर सुनार र शान्ता सुनारकी जेठी छोरी एलिसा सुनारको जन्मदिनमा ड्रेस वितरण गरिएको हो । एक कार्यक्रमका बिच बुद्ध बहादुर सुनार र छोरी एलिसा सुनारले विद्यालयका प्रधानाध्यापक होम बहादुर रायमाझी, नेपाल नियमित रक्तदाता संघका केन्द्रिय समिति वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका सदस्य केशवराज पाण्डेमार्फत सहयोग सामग्री हस्तान्तरण गरे ।

    कार्यक्रममा प्रधानाध्यापक रायमाझीले सामुदायिक विद्यालयमा आधारभुत सुविधाहरु बिस्तार गर्न जरुरी रहेको बेला समुदायबाट भएको सहयोग निक्कै महत्वपूर्ण भएको बताए । सामाजिक कार्यबाट विद्यार्थी, शिक्षक र समुदायबीचको सम्बन्ध थप मजबुत हुने उनले बताए । यो प्रेरणादायी कार्यले समुदायमा सकारात्मक ऊर्जा फैलाएको र निजी क्षेत्रबाट समेत गुणस्तरीय शिक्षामा योगदान पु¥याउन सकिने सम्भावना उजागर गरेको उनले बताए । बुद्ध बहादुर सुनारको बुटवल अमर पथस्थित ‘छत्रदेवि गुल्मेली सुनचाँदी पसल’ रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology