Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

बुटवलमा एनआईइसीले नेक्स्ट जेन करियर शैक्षिक परामर्श गर्दै

बुटवलमा एनआईइसीले नेक्स्ट जेन करियर शैक्षिक परामर्श गर्दै

  • 2.0K
    SHARES

  • बुटवलमा एनआईइसीले नेक्स्ट जेन करियर शैक्षिक परामर्श गर्दै

    बुटवल,जेठ २० ।

    बुटवलमा एक दिने नेक्स्ट जेन करियर शैक्षिक परामर्श कार्यक्रम हुने भएको छ । नेपाल इन्टरनेशनल एजेकेशनल कन्सल्टेन्सी प्रालि (एनआईइसी) को आयोजनामा उच्च शिक्षाकालागि बैदेशिक यात्रामा जाने विद्यार्थीहरुकालागि  बुटवलमा जेठ २३ गते शुक्रबार शैक्षिक परामर्श कार्यक्रम हुने भएको हो ।

    दशजोड दईको पढाई सकेर उच्च शिक्षाकालागि विदेश जाने विद्यार्थीहरुलाई लक्ष्यीत गरेर एनआईइसीले शैक्षिक कार्यक्रम गर्न लागेको  हो । युएसए, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, स्पेनलगायतका १३ वटा देशमा उच्च शिक्षाकालागि अध्ययनगर्न जाने विद्यार्थीहरुकालागि शैक्षिक परामर्श दिदै आएको एनआईइसीले शुक्रबार परामर्श कार्यक्रम राखेको हो ।

    कार्यक्रममा शैक्षिक परामर्शसँगै विदेश जाने विद्यार्थीकालागि उपयुक्त गन्तब्यका बारेमा जानकारी गराइने एनआईइसीका बुटवल शाखा प्रमुख लक्ष्मी न्यौपानेले जानकारी दिनुभयो ।

    एनआईइसी स्थपनाको २५ वर्ष पुरा भएको र यो अवधिमा पाँच हजारबढीलाई उच्च शिक्षाकालागि विदेश पठाएको उल्लेख गर्दै उहाँले उचित परामर्श र सहजताकालागि एनआईइसीले सकारात्मक भुमिका खेल्दै आएको बताउनुभयो ।

    एनआईइसी शुक्रबार गर्ने कार्यक्रममा रुपन्देही लगायत आसपासका जिल्लाका एक सयबढीको सहभागिता रहने उल्लेख गर्दै शैक्षिक परामर्श कार्यक्रमकाको तयारी अन्तिम चरणका पुगेको मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो ।

    उहाँले उक्त कार्यक्रममा आफु जान चाहने देश र पढ्न चाहेको विषयका बारेमा जानकारी लिन र बुझ्न पाउने बताउँदै निःशुल्क प्रवेशको ब्यवस्था गरिएको कार्यक्रमले विद्यार्थीलाई सहि देश र त्यहाँ अध्ययन गर्ने विषयका बारेमा जान्ने अवसर दिने बताउनुभयो । पत्रकार सम्मेलनमा एनआईइसीका मार्केटिङ्ग हेड अभिषेक पटवाले शैक्षिक परामर्श कार्यक्रममा सहभागि हुने विद्यार्थीहरुलाई आयल्स, पिटीलगायतका कोषमा विशेष छुट दिइने जानकारी गराउनुभयो ।

    एनआईइसीका काठमाण्डौका विभिन्न स्थानमा तीन र पोखरा, पाल्पा, चितवन र बुटवलमा गरि मुलुकभर ७ वटा शाखा रहेको र ती शाखाबाट विद्यार्थीहरुलाई आवश्यक परामर्श दिदै आएको पटवाले बताउनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology