बुटवल,जेठ १८ ।
राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीको नयां नेतृत्व चयन भएको छ । बुद्ध सामुदायिक टेलिभिजनका उपाध्यक्ष समेत रहनुभएका गोपाल ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । गठित कार्यसमितिको उपाध्यक्षमा अर्जुनराज उपाध्याय, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा आरके सित्तल, सहसचिवमा थानेश्वर घिमिरे रहनुभएको छ ।
सदस्यहरुमा जिवन अधिकारी, पोमनारायण पौडेल, श्री रायमाझी, रिता केसी र संगिता भण्डारी रहनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष ज्ञवालीले टेलिभिजनहरुको प्रवद्र्धनको लागि सबैसंग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।
यसअघि राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।
कार्यशालामा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री, वर्तमान मन्त्रीहरु, संघीय सांसद, प्रदेश सांसद, देशभरका टेलिभिजन सञ्चालकहरुको सहभागिता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)