Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

अन्तराष्ट्रिय दुध दिवसमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता

अन्तराष्ट्रिय दुध दिवसमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता

  • 990
    SHARES

  • अन्तराष्ट्रिय दुध दिवसमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता

    बुटवल,जेठ १६ ।

    अन्तर्राष्ट्रिय दुध दिवसको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघमा नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।

    बुटवल उद्योग वाणिज्य संघमा गठित डेरी बसतुगत समितिको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।

    दुध तथा दुग्धजन्य पदार्थ पोषणका मूल आधार शिर्षकमा सहभागि बिद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।
    प्रतियोगितामा एभरेष्ट माध्यमिक विद्यालयकी खुसी पाण्डे प्रथम हुनु भएको छ । त्यसैगरी स्कलर्श होमकी स्लेसा शर्मा द्वितीय, न्यू होराईजनकी तेजश्वी नेपाल तृतीय तथा ज्ञानोदय माध्यमिक विद्यालयका दिपेश रोकाय र नवरत्न माध्यमिक विद्यालयकी समिक्षा लम्पाल सान्त्वना भएको मुल्यांकन समिति सदस्य पशुपंछी निर्देशनालयका नरेन्द्र पौडेलले जानकारी दिनुभयो । प्रतियोगितामा बुटवल उपमहानगरपालिका भित्रका १७ विद्यालय सहभागि थिए ।
    उनीहरुलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले नगद पुरस्कार सहित सम्मान गर्नुभयो । प्रतियोगितामा प्रथमलाई ५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ । त्यस्तैगरी द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार र सान्त्वनालाई जनही १ हजार रुपैंया पुरस्कार प्रदान गरिएको हो । हरेक वर्ष जुन १ मा अन्तर्राष्ट्रिय दुध दिवस मनाउँदै आईएको छ ।
    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयले विस्तारै दुध तथा दुग्धजन्य पदार्थको उपभोग बढ्दै गएको उल्लेख गर्दै चिसो प्येय पदार्थको ठाउँमा मोहीको प्रयोग बढीरहेको बताउनु भयो । उहाँले यस्ता कार्यक्रमले दुधको खपत बढाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख पाण्डेयले दुध तथा दुग्धजन्य पदार्थको गुणस्तरमा जोड दिँदै त्यसका लागि दुग्ध उत्पादक किसान, संकलक, सप्लायर्स तथा डेरी व्यवसायीलाई गम्भिर बन्न आग्रह गर्नुभयो ।
    त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले दुध के हो, दुधमा के छ ?, जस्ता कुराहरुको सन्देश प्रवाह गर्न सकियो भने त्यसले दुधको खपत बढाउने र व्यवसायिक विकास पनि हुने बताउनु भयो ।

    आजका विद्यार्थी भविश्यका कर्णधार भएकाले उनीहरु मार्फत दुधको उपयोगका बारेमा सन्देश दिनको लागि वक्तृत्वकला प्रतियोगिता गरिएको उहाँले बताउनु भयो ।

    उहाँले विद्यार्थीलाई यस्ता कार्यक्रममा सहभागि गराउँदै गर्दा भोलीका दिनमा उनीहरुमा उद्यमशिलताको विकास हुने पनि विश्वास व्यक्त गर्नुभयो ।
    डेरी बस्तुगत समितिका सभापति कृष्णप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख कृष्णप्रसाद अर्याल, लुम्बिनी प्रदेश सरकार पशुपंछी निर्देशनालयका पशु चिकित्सक लोकराज भुसाल, संघका उपाध्यक्ष सुरज भट्टराई लगायतले भनाई राख्नुभएको थियो ।IMG_9719.jpeg

     

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology