बुटवल,जेठ १५ ।
इनरव्हिल क्लब अफ मिटडाउन बुटवलले यात्रु प्रतिक्षालय निर्माण गरेको छ ।
बुटवल ११ कालिकानगरमा रहेको कालिका मानवज्ञान माबि अगाडि सिद्धार्थ राजमार्गमा यात्रु प्रतिक्षालय निर्माण गरिउदघाटन गरेको हो ।
क्लवकी अध्यक्ष राधिका रिजालले आफ्नो कार्यकालमा सामाजिक क्षेत्रमा रहेर काम गर्दैगर्दा विद्यार्थीहरु र यात्रुहरुलाइ लक्षित गरेर प्रतीक्षालय बनाएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिस्टक चियरमेन आशा श्रेष्ठले बाटोमा हिड्ने बटुवाहरुका लागि प्रतीक्षालयबनाएको मा धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तै महत्त्वपूर्ण कार्यक्रम गरि अगाडि बढ्न आग्रह गर्नुभयो ।
विशिष्ट अतिथि वडा नम्बर ११ का कार्यवाहक वडा अध्यक्ष नकुल शाही ठकुरीले सार्बजनिक ठाउमा प्रतीक्षालयबनाउदा निकै खुशी लागेको भन्दै आगामी दिनमा समन्वय र सहकार्यमा हातेमालो गर्दै अगाडि बढनुपर्ने बताउनुभयो ।
सो अवसरमा बुटवल वडा नम्बर ११का वडा सदस्य माया दर्नाल, शिवटोल विकास संस्थाका टोलका अध्यक्षशालिकराम पौडेल,इनरव्हिल क्लबका सस्थापक सल्लाहकार भारती जोशी,रोटरि क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जु डिस्ट्रिक्ट चेयरम्यानका उमेश मान सिंमाङ गैडा ,लुम्बिनी डेरी मिल्क प्राइभेट लिमिटेडका संचालक विक्रम रिजाल,भाइस प्रेसिडेण्ड जुनु भण्डारी ,राजु तिवारी , रविलाल सुवेदी ,ददीराम ज्ञवाली , सरस्वती सुवेदी ,माया बराल , इनर्व्हिल क्लब अफ तिलोतामाका भाइस चियरम्यान रत्ना रिजाल , इनर्व्हिल क्लब अफ तिलोतामाका चार्टर प्रेसिडेन्ट सपना लम्साल, इनर्व्हिल क्लब अफ मिडटाउनबुटवलका संस्थापक सल्लाहकार बबिता श्रेष्ठ,पास्ट प्रेसिडेन्टकला केसी अन्जु कार्की तृष्णा श्रेष्ठ राधा भट्टराई ,मिठु भण्डारी, प्रभा अर्याल ,सदस्य कविता परियारलगायतले बोलेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य पुर्व अध्यक्ष कलाकेशी धन्यवाद मन्तव्य अध्यक्ष राधिका रिजाल र संचालक भने सचिव सुशीला पोखरेलले गर्नुभएको थियो ।
प्रतिक्षालय निर्माणका लागि लुम्बिनी डेरी मिल्क प्राइभेट लिमिटेडका संचालक विक्रम रिजालले स्पोन्सर गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)