बुटवल,जेठ १५ ।
नेकपाका महासचिव नेत्रबिक्रम चन्द बिप्लवले उचित समय पाउदा पनि माओबादी रूपान्तरण हुन नसकेको बताएका छन्।
कम्युनिष्ट पार्टी श्रमिकको पार्टी हुनुपर्नेमा अहिले शासकमा बदलिएको उहाको टिप्पणी छ ।
सिद्धान्त र बिचार समय अनुसार रूपान्तरण नभए कम्युनिष्टहरू ध्वस्त हुने दाबि गरे ।
देशमा जनताले पटकपटक अवसर दिदा पनि राजनीतिक दलले आफुलाइ रूपान्तरण गर्न नसकेकोबताए । बुटवलमा जन पत्रकार संगठन र जन गर्जन मिडिया प्रालिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै उनले देश बदलेर जनताको भावनालाऊ सम्बोधन गर्नुपर्ने बताए ।
उनले राजबादीहरूको गन्तब्य ठिक ढंगले अघि बढ्न नसकेको बताए ।आफ्नोपार्टी जनताको सेवा गर्न तयार रहेको उल्लेख गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)