Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल होराइजनचोक नजिक आमासहित दुई बच्चाको हत्या

बुटवल होराइजनचोक नजिक आमासहित दुई बच्चाको हत्या

  • 2.2K
    SHARES

  • बुटवल होराइजनचोक नजिक आमासहित दुई बच्चाको हत्या

    बुटवल,जेठ १४ ।

    बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा तीन जनाको हत्या भएको छ । आमासहित दुई बच्चाको विभत्स हत्या भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले बताए  ।

    ३१ वर्षीया दिपा बस्याल र उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्याल रहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरी स्रोत र स्थानीयका अनुसार, सम्बन्ध विच्छेदपछि दीपाले पाल्पाका शंकर ढकालसँग दोस्रो विवाह गरेकी थिइन् । दीपा स्थानीय स्वास्थ्ययकर्मी थिइन्। हत्या भएका दुई छोरीहरू स्नेहा र हिमानी शंकर ढकालतर्फका सन्तान थिए। हाल शंकर ढकाल वैदेशिक रोजगारीका लागि विदेशमा छन्।

    दिपा हालै एक आफन्तको विवाहका लागि दुई छोरीसहित बुटवल आएको थाहा पाएपछि पूर्वपति कोइरालाले उनलाई बुटवलमै रहेको आफ्नो घरमा भेट्नका लागि दबाब दिएका थिए। प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर ९ बर्ष जेल बसेर केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए । सुजनले बाँसको सामान बनाउने पसल समेत चलाएका थिए । उनको पहाड घर भने पाल्पा प्रभास हाे ।

    सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी ती महिलालाई उनकै पूर्व श्रीमानले आफ्नै घरमा बोलाई बुधबार बिहान ४ बजेतिर हत्या गरेको बताइएको छ । उनीहरुलाई घरेलु हतियार हथाैडा र चक्कु प्रहार गरी हत्या गरेको स्थानीयको भनाई छ ।3dbe371dd1bd2b9b1861d41d0beca001.jpeg

    उनीहरुलाई घरेलु हतियार हथौडा र चक्कु प्रहार गरी हत्या गरेको देखिएको र घटनाको अनुसनधान भैरहेको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology