अर्घाखाँची, जेठ १० ।
नेपाली कांग्रेसका अर्घाखाँचीका सभfपति केशव श्रेष्ठले कांग्रेस- एमालेबिच गठन भएको जिल्लास्तरिय राजनितीक संयन्त्रबाट बाहिरिने बताएका छन् । भुमिकाविहिन संयन्त्रमा बसेर औचित्य पुष्टी गर्न नसक्ने भएपछी संयन्त्रमा बस्नुको अर्थ नरहने भएकाले बाहिरिने बताएका हुन् ।
नेपाली कांग्रेसको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापती श्रेष्ठले एमालेले एकलौटी गरेर कांग्रेसलाई साक्षी मात्र राखिरहेको भन्दै संयन्त्रबाट बाहिरिने घोंषणा गरे । ‘आफुहरु एकलौटी गर्ने अनी हामी साँची बस्दिनुपर्ने ? ,उनले भने,’यस्ता अपमान गर्ने संयन्त्रमा बस्दैनौं ।’
अब जिल्ला कार्य समितिको बैठक बसेर संयन्त्रबाट बाहिरिने निर्णय गर्नेसमेत उनको भनाई छ । केन्द्रले दुई पार्टीबीच समन्वय होस् भनेर संयन्त्र निर्माण गरेको भएपनि जिल्लामा पुरै बाइपास गर्ने काम भएको उनको भनाई छ । कांग्रेसलाई बेवास्ता गरिएको भन्दै उनले मुख्यमन्त्रीको जिल्लामै यो व्यवहार ठिक नभएको बताए ।
एमाले एक्लै बैठक बस्ने, आफुखुशी योजना बनाउने र एकलौटी प्रदेशमा गएर आफ्ना मात्र आयोजना बजेटमा पार्न खोजिएकाले कांग्रेस संयन्त्रमा बस्नु उपयुक्त नहुने उनको तर्क छ । आफुहरुले पटक-पटक संयन्त्रको बैठक बस्न र संयुक्त रुपमै योजनाहरु छनौट गर्न पहल गरेपनि एमालेले सुनेको नसुने झैं गरेको उनको आरोप छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)