बुटवल,जेठ १० ।
गएरातिको अविरल वर्षाका कारण अवरुद्ध भएको पूर्व पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सुचारु भएको छ । बर्दघाट नगरपालिका–४ को खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात अवरूद्ध भएको हो । शनिबार सडक मर्मतपछि एकतर्फी सुचारु भएको हो ।
केहि दिन अगाडि मात्रै पिच गरिएको सडक उप्किको छ भने सडकको करिब ८ मिटर भाग भासिएको थियो । रोकिएका सवारी साधन क्रमशः गन्तव्य तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
दाउन्नेमा सडक विस्तारको क्रममा रहेकाले पानी पर्ने वित्तिकै सडक अवरुद्ध हुने समस्याले यात्रुले समस्या खेप्दै आएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)