Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रशासनले खोल्यो होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको ताला,निर्वाचनका सबै कागजात गायब !

प्रशासनले खोल्यो होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको ताला,निर्वाचनका सबै कागजात गायब !

  • 1.9K
    SHARES

  • प्रशासनले खोल्यो होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको ताला,निर्वाचनका सबै कागजात गायब !
    बुटवल,जेठ ६ ।

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको ताला खोलिएको छ ।  संघको निर्वाचनका सन्दर्भमा असन्तुष्ट पक्षले ताला लगाएपछि गएको चैत २४ र २५ गतेलाई तय गरिएको साधारण सभा तथा अधिवेशन समेत रोकिएको थियो ।

    संघको निर्वाचनका विषयमा असन्तुष्ट बनेर ताला लगाएको पक्षसंग पटकपटक छलफल र संवाद गरिएपनि निश्कर्ष निस्किन नसकेपछि स्थानीय सरकार, प्रशासन तथा प्रहरीको रोहवरमा मंगलबार ताला खोलिएको संघका अध्यक्ष लेखनाथ भण्डारीले जानकारी गराउनु भयो ।att.XvF-tN5-2niotNcWEHviWhqnCN50vqBCdZ-HhKPUogw.jpeg

    ताला खोलेर हेर्दा निर्वाचनमा खडा गरिएका मुचुल्का सहित निर्वाचन सामाग्रि नभेटिएको संघका अध्यक्ष लेखनाथ भण्डारीले बताउनु भयो । बुटवल उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष प्रदिपकुमार श्रेष्ठ, इलाका प्रशासन कार्यालय बुटवलका नासु कृष्णप्रसाद पन्थी, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक शालिकराम खनाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतको रोहवरमा ताला खोलिएको हो ।IMG_8998.jpeg

    संघले गएको चैत २४ र २५ गतेलाई साधारण सभा तथा अधिवेशनको मिति तय गरि १९ गते उम्मेदवारी मनोनयन गरिएको थियो । मनोनयन दर्ता गरेपछि सहमति विपरित उम्मेद्वारी दर्ता भएको, फर्जी मतदाता तयार गरिएको लगायतका आरोप सहित सदस्यता छानविन समितिका संयोजक समेत रहेका संघका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद खनालको नेतृत्वमा चैत २० गते संघमा ताला लगाईएको थियो ।

    संघको कार्यालय सहित निर्वाचन समितिको कार्यालयमा ताला लगाएपछि पटक पटक छलफल गरी सहमतिको प्रयास गरिएपनि सफल हुन नसकेपछि ४५ दिनपछि कानुन बमोजिम स्थानीय सरकार, प्रशासन तथा प्रहरीको रोहवरमा ताला खोलिएको अध्यक्ष भण्डारीले बताउनु भयो । तर निर्वाचनको लागि उम्मेदवार दर्ता प्रकृया लगायतका विषयमा खडा गरिएका मुचुल्का सहित निर्वाचन सामाग्रि नभेटिएको निर्वाचिन समिति संयोजक तथा संघका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता शालिकराम बञ्चाडेले बताउनु भयो ।IMG_8997.jpeg

    संघका कर्मचारीले लगाएको ताला फोरेर आफ्नो ताला लगाएकाले ताला लगाउने पक्षले त्यसको जिम्मेवारी लिनुपर्ने अध्यक्ष भण्डारी बताउनु हुन्छ । उहाँले अब सबैसंग सरसल्लाह गरेर कसरी अगाडी बढ्ने भन्ने विषयमा निर्णय लिईने पनि बताउनु भयो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology