Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

इच्छाराज तामाङ सर्वोच्चबाट पनि दोषी ठहर,३ वर्ष कैद र पौने दुई अर्ब जरिवानाको सजाय सदर

इच्छाराज तामाङ सर्वोच्चबाट पनि दोषी ठहर,३ वर्ष कैद र पौने दुई अर्ब जरिवानाको सजाय सदर

  • 1.0K
    SHARES

  • इच्छाराज तामाङ सर्वोच्चबाट पनि दोषी ठहर,३ वर्ष कैद र पौने दुई अर्ब जरिवानाको सजाय सदर

    काठमाडौँ,जेठ ४ ।

    सम्पत्ति शुद्धीकरणको मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । विशेष अदालतको फैसला बदरको माग गर्दै तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाऊँ भनी इच्छाराजले सर्वोच्चमा निवेदन दिएका थिए ।

    उक्त निवेदनमाथि शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले विशेषबाट फैसला भइसकेकाले उक्त निवेदनमा केही गर्न नपर्ने भन्दै कानुनबमोजिम गर्न आदेश गरेको हो ।

    तामाङलाई दोषी ठहर गर्दै विशेषले २०८० फागुन २१ गते १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनी विरुद्ध ३ अर्ब ३१ करोड बिगोसहित उनको  जग्गा र सम्पत्ति जफत हुनुपर्ने माग दाबी गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology