बुटवल,जेठ २ ।
तराईका जिल्लामा गर्मी बढेपछि राहतका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वसाधारणलाई चिसो पानी खुवाएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नं. २ रुपन्देहीले बुटवलको ट्राफिकचोकमा सडकमा हिड्ने सर्वसाधारणलाई चिसो पानीखुवाएको हो ।
अत्यधिक गर्मी बढेकाले सर्वसाधारणको राहतका लागि चिसो पिउने पानीको प्रवन्ध गरिएको रास्वपा रुपन्देही २ कासभापति रमेश लम्सालले जानकारी गराउनु भयो ।
रास्वपाले शुक्रबार एक दिन दिनभर बुटवलको ट्राफिकचोकमा स्टलराखेर सर्वसाधारणलाई पानी खुवाएको हो ।
त्यस अवसरमा पार्टीका लुम्बिनी प्रदेश सभापति देवराज पाठक, उपसभापति सालिकराम घिमिरे, प्रदेश समिति सदस्यमहेन्द्र उपाध्याय, रुपन्देही जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्मा लगायतका नेता कार्यकर्ता सहभागि भएर पानीखुवाईएको क्षेत्रीय सभापति लम्सालले जानकारी गराउनु भयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)