Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

  • 1.1K
    SHARES

  • मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

    कपिलवस्तु, जेठ २ ।

    कपिलवस्तुको बुद्धभूमि नगरपालिका –१ वसन्तपुरमा मर्निङवाकमा निस्किएका दुई महिलाकोकारको ठक्करबाट मृत्यु भएको छ ।

    शुक्रबार बिहान करिब ५ः४५ बजे गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदैगरेको बीएडी ९५९९नम्बरको कारले उनीहरूलाई ठक्कर दिएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएकी ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई उपचारका लागिकपिलवस्तु अस्पताल, तौलिहवा लैजाने क्रममा  बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरीनिरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो ।

    कार चालक रुपन्देहीको सैनामैना नगरपालिका –५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएकोछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, जेठ २ २०८२१०:०१:०३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology