बुटवल,बैसाख ३० ।
मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सरसफाइ अभियानको शुभारम्भ गरेको छ । आज बुटवल-१९ मोतिपुरमा एक समारोहका बिचमा अभियानको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै बुटवल उपमहानगरप्रमुख पाण्डेयले बुटवलको बिकासमा मोतिपुर र यसको भूमिका उल्लेखनीय रहेको भन्दै बसोबासका लागि बुटवलमै मोतिपुर क्षेत्र उत्कृष्ट बन्दै गएको बताउनुभयो ।
उहाँले हिजो र आजको बिकासमा मोतिपुरले नसोचेको फड्को मारेको स्मरण गर्दै यसक्षेत्रमा बन्ने औद्योगिक क्षेत्रको स्थापनाले मुहार बदल्ने दाबी गर्नुभयो ।
सोही कार्यक्रममा प्रशिक्षण,खानेपानीको मोवाइल एप,बुद्ध सामुदायिक टेलिभिजनसंगको सहकार्यमा निर्माण गरिएको खानेपानी र सरसफाइ सम्बन्धि बृत्तचित्र, नयाँबर्षको क्यालेण्डर बिमोचन,गोष्ठी तथा सडक नाटक समेत प्रर्दशन गरिएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष खोमराज ढकालले संस्थाले खानेपानी मात्रै खुवाउने नभइ यसक्षेत्रलाइ हराभरा र सुन्दर बनाउने र सरसफाइ युक्त बनाउनका लागि खानेपानीले २ बर्षे रणनीतिक योजना अगाडी सारेको बताउनुभयो । मोतिपुरलाइ भावी दिनमा उत्कृष्ट र नमुना बस्तीका रुपमा बिकास गर्नका लागि हरेक काममा जनसहभागिता खोजीएको उहाँको भनाइ छ ।
सो अवसरमा भीमप्रसाद न्यौपाने,हरिहर श्रेष्ठ,गुरुप्रसाद पन्थी,चन्द्रसिंह थापा,ज्ञानबहादुर रेश्मी,कृषि शाखा प्रमुख सन्तोष जिसी, मिनप्रसाद श्रेष्ठ लगायतले बोल्दै खानेपानीले थालेको अभियान सबै जनताको साझा आवश्यकताको अभियान भएको बताएका थिए । सो कार्यक्रमको संचालन खानेपानी संस्थाका सचिव केशवराज पाण्डेको संचालनमा भएको थियो ।
बुटवल वडा न १९ भुट्कैयाँमा कार्यालय रहेको खानेपानीले समय सापेक्ष रुपमा आफ्ना गतिबिधिहरु परिमार्जित गर्दै लगेकोमा स्थानीयहरु खुशी भएका छन् । १२४ किलोमिटर पाइपलाइन बिच्छ्याएर सेवा प्रदान गरिरहेको खानेपानी अन्तर्गत हालसम्म ४ हजार ७१ धारा संख्या पुगेको छ भने सदस्यता संख्या ४हजार २४३ पुगेको छ ।
यसबाट २३हजार ४९७ जना लाभान्वित परिवार संख्या पुगेको छ । बिस २०६४ बाट निर्माण शुरू भएको आयोजनामा सरकार तथा स्थानीयको समेत गरि करिब २९ करोड लगानी पुगेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)