बुटवल, बैशाख २९।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा पुन : सुरज भण्डारी निर्वाचित हुनुभएको छ। आइतबार अमेरिकाको लास भेगासमा सम्पन्न संघको नवौं महाधिवेशनबाट भण्डारीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको हाे।
संघको उपाध्यक्षमा कल्पना घिमिरे, महासचिवमा ईश्वरी न्यौपाने, कोषाध्यक्ष करना अधिकारी र सचिवमा शेरबहादुर थापा निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यमा डिबि (डिल्ली बहादुर) रावत, सुजन पण्डित, बाबुराम दाहाल, दीपेन्द्र खड्का, जानु पंगेनी, यशोदा तिम्सिना, राजकुमार तामाङ, डोल्मा लामा निर्वाचित हुनुभएको छ ।
त्यस्तै डिसी मेट्रोका लागि क्षेत्रीय संयोजक सृजना काफ्ले, उत्तरपूर्वी क्षेत्रीय संयोजक शान्तिराज राई, पश्चिम क्षेत्रीय संयोजक दीपक दाहाल र मध्ये अमेरिकी क्षेत्रीय संयोजकमा ओम आचार्य निर्वाचित हुनुभएको सदस्य डिबि (डिल्ली बहादुर) रावतले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)