बुटवल,बैसाख २६ ।
सामाजिक सेवामा सक्रिय जी २५ क्लव बुटवलको आयोजनामा रुपन्देहीको सूर्यपुरामा बृहदस्वाथ्य शिविर सम्पन्न भएको छ । गैडहवागाउपालिका बार्ड नं ६ सुर्यपुरा स्थित सुर्यपुरा उच्च माबिमा भएको शिबिरमा आँखा र दातका बिरामीहरुले सेवा लिएका छन् ।
शिबिरमा ४५० जना बिरामीहरुले निशुल्क सेवा लिएको अध्यक्ष जगदिश न्यौपानेले बताउनुभयो। क्लवलेबिभिन्न समयमा सामाजिक सेवाभावले रक्तदान, सरसफाइ, बृक्षारोपण लगायतका रचनात्मक कामहरु गरिरहेको उहाँको भनाइ छ ।

शिबिरमा सहभागि सो बिद्यालयका बिदार्थी साथै स्थानीयलाइ डा.नारायण पोखरेल र डा.उपेन्द्र भारि लगायतकाबिशेषज्ञ चिकित्सकहरुले सेवा दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुर्यपुरा वडा न २ का वडा सदस्य बिरेन्द्र लोधले क्लवले स्वास्थ्यशिबिर ल्याएर जनतालाइ गुन लगाएको बताउनुभयो । उहाँले निशुल्क स्वास्थ्य शिबिरबाट लाभलिन सबैलाइ आग्रह गर्नुभयो ।
सो अवसरमा क्लवका उपाध्यक्ष मदन पौड्याल,बिद्यालयब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादव, प्राधानाध्यापक रामजी आचार्य, महासचिव किशोर पंगेनी, कार्यक्रम संयोजक भेषराज अर्याल लगायतले बोल्दै शिबिरले उपचारमा पहुँच नभएका स्थानीयलाइ राहतप्रदान गरेको बताएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)