बुटवल,बैशाख २६ ।
सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलले लोकसेवा आयोग तयारी अभिमुखीकरण कार्यक्रम गरेको छ । विद्यार्थीहरुलाई स्वदेशमै सरकारी सेवामा प्रवेश गराई राष्ट्र सेवक बन्ने उत्प्रेरणा तथा हौसला बढाउने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको हाे ।
चैतन्य एकेडेमी बुटवल शाखाको आयोजना तथा सिद्धार्थ गौतम बुद्ध क्याम्पसको संयोजनमा सम्पन्न उक्त अभिमुखिकरण कार्यक्रमको सभापति अतिरिक्त क्रियाकलाप समिति संयोजक तिर्थराज काफ्लेको रहेको थियो ।
आज एक दिने कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख गोपालप्रसाद चापागाई ,बिशिष्ट अतिथि सहायक क्याम्पस प्रमुखद्वय कृष्णप्रसाद खनाल र रामनाथ उपाध्याय तथा नेपाल सरकारका उपसचिव एवम् अभिमुखिकरण कार्यक्रमका प्रशिक्षक भविश्वर घिमिरेको रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम क्याम्पस प्रमुख चापागाईँले पछिल्लो समय बिदेश जान रुचाउने परम्परा चलिरहेको समयमा आफू अव्वल बन्न र देशमै स्वरोजगार बन्न अभिमुखिकरणसंगै उत्पेरणा कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
उहाँले सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा अध्ययन गरेका धेरै विद्यार्थीहरु राष्ट्रसेवक बन्न सफल भई देशकै उच्च ओहदामा रहेको बताउनुभएको थियो । उहाँले नयाँ विद्यार्थीहरुले अध्ययनसंगै लोकसेवा लगायतका सरकारी सेवाको तयारीमा दृढ भएर लाग्नुपर्ने बताउनुभएको थियो ।
अभिमुखिकरण कार्यक्रममा प्रशिक्षक नेपाल सरकारका उपसचिव घिमिरेले विद्यार्थीहरु लगनशिल भएर अध्ययन गर्ने भने सरकारी सेवामा सहजै नाम निकाल्न सफल रहने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन चैतन्य एकेडेमी बुटवल शाखाका प्रमुख दिपक ढकालले गर्नु भएको सिद्धार्थ गौतम बुद्ध क्याम्पसका उप-प्राध्यापक शेषकान्त अर्यालले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)