बुटवल,बैसाख २६ ।
पाल्पाको सिद्धबाबा क्षेत्रमा बिहीबार बेलुकी भएको टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
पाल्पाको तिनाउ गाउपालिका–३, दोभान सिद्धबाबा ड्याम साईड नजिकै भएको दुर्घटनामा चालक रुपन्देहीको सियारी गाउपालिका–२, का २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बुटवलबाट पाल्पातर्फ आउदै गर्दा लु १ क २५१७ नम्बरको रित्तो टिप्पर दुर्घटनामा परेको हो ।
टिप्परको अचानक टायर पञ्चर भई अनियन्त्रीत हुदा सडकबाट झण्डै ६५ मिटर तल तिनाउ खोलाको किनारमा खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन् ।
दुर्घटना हुदा चालक यादब गम्भीर घाइते भएको र प्रहरी चौकी दोभानबाट खटेको प्रहरी टोलीले उद्दार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको हो ।
प्रादेशिक अस्पताल पु¥याइएका गम्भीर घाइते यादवको चिकित्सकले जाच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)