Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

गुल्मीदरबार गाउँपालिकामा कपडा बैंक शुभारम्भ

गुल्मीदरबार गाउँपालिकामा कपडा बैंक शुभारम्भ

  • 2.3K
    SHARES

  • गुल्मीदरबार गाउँपालिकामा कपडा बैंक शुभारम्भ

    गुल्मी,  बैशाख २४  । 

    गुल्मीको गुल्मीदरबार गाउँपालिकामा कपडा बैंक स्थापना गरिएको छ ।

    गुल्मीदरबार गाउँपालिका र कपडा बैंकसँगको लागत साझेदारीमा कपडा बैंक स्थापना गरिएको गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले जानकारी दिनुभएको छ ।

    उक्त कपडा बैंकको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको थियो ।
    मन्त्री कार्कीले आफुहरुसँग भएका वस्तुहरूलाई प्रयोगमा ल्याउन नजान्दा आर्थिक उन्नतिमा पछाडि परेको बताउँदै कपडा बैंकको स्थापनाले प्रयोगमा नआएका कपडाहरू पनि पुनः प्रयोगमा आउने र त्यसले असहाय तथा विपन्न व्यक्तिलाई ठूलो सहयोग पुग्ने बताउनु भयो ।
    कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले पालिका भित्र रहेका काम नलाग्ने कपडाहरुलाई प्रशोधित गरि पुनः प्रयोगमा ल्याउने कार्यमा सहयोग गरेको भन्दै कपडा बैंकका संस्थापकहरुलाई धन्यवाद दिनुभएको थियो ।

    सोही कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले पालिकामा स्थापना गरिएको कपडा बैंकबाट विपन्न नागरिकहरूलाई सहज हुने बताउनु भयो ।
    आफ्नो घर टोल र समाजलाई सफा राखौं, कोही कपडा विहिन नरहुन् भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै अन्य पालिकाहरुमा जस्तै गुल्मीदरबार गाउँपालिकामा पनि कपडा बैंकको स्थापना गरिएको कपडा बैंकका अध्यक्ष कमला जिसिले बताउनु भयो ।

    जिसीले प्रयोगमा नआएका कपडाहरु पुनः प्रशोधन गरेर संस्थाको तर्फबाट आवश्यक पर्नेहरूलाई निशुल्क रुपमा बितरण गरिदैं आएको बताउनु भयो ।
    २०८१ सालमा स्थापना गरिएको कपडा बैंक अहिले देशभरका १६० भन्दा बढि स्थानीयतहमा पुगेको जिसिको जानकारी दिनुभयो । महानायक राजेश हमाल संरक्षक रहनु भएको उक्त कपडा बैंकले प्रयोगमा नआएका कपडाहरूलाई पुनःप्रशोधन गरेर बितरण गर्दैै आइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology