Logo मंगलवार, श्रावण १२ गते २०८३
images

क्यान महासंघ रुपन्देहीद्वारा डिजिटल साक्षरता एवं बिद्युतीय सुरक्षा सम्मेलन

क्यान महासंघ रुपन्देहीद्वारा डिजिटल साक्षरता एवं बिद्युतीय सुरक्षा सम्मेलन

  • 4.8K
    SHARES

  • क्यान महासंघ रुपन्देहीद्वारा डिजिटल साक्षरता एवं बिद्युतीय सुरक्षा सम्मेलन

    बुटवल,वैशाख २४  ।

    क्यान महासंघ रुपन्देहीले डिजिटल साक्षरता र बिद्युतीय सुरक्षा सम्मेलन एवं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसर परेर बुटवल उपमहानगरपालिका संगको सहकार्यक्रमा कार्यक्रम आयोजना गरीएको हो ।

    कार्यक्रममको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले नेपालको समग्र विकासमा सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेलेको बताए ।बुटवलले नागरीकलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि सूचना प्रविधिको प्रयोग बढाउँदै लगेको बताउँदै पछिल्लो समय कार्यालय तथा संघसंथाहरुमा प्रविधिको प्रयोग अनिवार्य बनेको उनले बताए ।

    प्रविधिको विकास र प्रयोगले सरकारी कार्यालयहरुमा घण्टौँ लाग्ने काम घरमै बसेर केहि मिनेटमै गर्न सकिने भन्दै यसका लागि डिजिटल साक्षरता तालिम आबश्यक रहेको उनको भनाई थियो । नगरप्रमुख पान्डेयलेपछिल्लो समय यूवा पुस्तामा मोबाइल फोनको दुरुपयोग बढ्दै गएको बताउँदै कम्प्युटर, ल्यापटप र मोबाइलको सदुपयोगले युवाहरुले स्वरोजगार बन्न सकिने सुझाए । सिप सिकेर प्रविधिको प्रयोग गरी कम्प्युटर, ल्यापटप र मोबाइलबाट घरमै बसेर राम्रो आम्दानी गर्न सकिने उनको भनाई थियो ।

    कार्यक्रममा क्यान महासंघका केन्द्रीय अध्यक्ष सुनैना घिमिरे पाण्डेयले देशमा पछिल्लो समय साइबर हमलाका घटना बढ्दै गइरहेको भन्दै सचेत बन्नुपर्ने बताइन् । डिजिटल साक्षरताको आबश्यकता बढ्दै गएको बताउँदै उनले नेपालमा सूचना प्रविधिको विकास बारे जानकारी गराइन् ।

    क्यान महासंघ रुपन्देहीका अध्यक्ष जीवन अधिकारीले डिजिटल प्रविधिको प्रयोग बढ्दै गइरहेको अबस्थामा यसको आबश्यकता, सम्भावना र चुनौतीबारे जानकारी गराउने 

    उद्देश्यले कार्यक्रम आयोजना गरीएको बताए । कार्यक्रममा डिजिटल उपकरण प्रयोग गर्ने तरिका र त्यसका नीति निमयमका बारेमा जानकारी गराइएको थियो भने प्रशिक्षण पश्चात् बिषय विज्ञहरुका बीच प्यानल छलफल पनि सम्पन्न भएको थियो ।

    सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान लुम्बिनी प्रदेशका निर्देशक अनुप बास्कोटाले कार्यपत्र प्रस्तुत गर्दै पछिल्लो समय संसारभरनै साइबर अपराधका घटना बढ्दै गएको बताउँदै साइबार सुरक्षा बारेमा प्रष्ट पारे । नेपालमा पनि यसबाट पीडित हुनेको संख्या बर्षेनी बढ्दै गएकोले यसतर्फ सचेत हुनेपर्ने बताए ।सामाजिक सञ्जाल प्रयोगकर्तालाई बिभिन्न प्रलोभनमा पारेर तथा मोबाइलबैंकिङमा पहुँच पुर्याएरठगी गर्नेक्रम बढ्दै गएको बताउँदै यसबाट जोगाउन सचेतनामुलक कार्यक्रम आबश्यक रहेको उनले बताए ।

    आइटी बिज्ञ तथा त्रिभुवन विश्वबिद्यालयका साहायक प्राध्यापक रोमकान्त पाण्डेले पछिल्लो समय सूचना प्रविधिको विकास सँगै यसको सहि प्रयोग र चुनौती वारे जानकारी दिए। उनलेएआई र मेसिन लर्निङ्ग का वारेमा प्रस्तुति दिदै एआई प्रबिधि र यसको प्रयोगले दैनिक कार्यमा पुग्ने सहयोगका बारे तलिमकर्ताहरुलाई प्रशिक्षण दिएक थिए ।

    can.jpg

    आइटी इन्जिनियर राहुल शाक्यले पछिल्लो समय सूचना प्रविधिको विकास सँगै सुरक्षा चुनौती पनि बढ्दै गएको बताए । सामाजिक सञ्जालको गलत प्रयोगका कारण गम्भीर घटना हुने गरेको बताउँदै यसको सहि प्रयोग गरी विपद्को समयमा तत्काल सूचना प्रवाह र उद्धार गर्न सकिनेमा जोड दिए ।

    आइटी विज्ञ शिव भट्टराईले डिजिटल साक्षरताका बारेमा प्रस्तुतिकरण गर्दै नेपालमा डिजिटल साक्षरता दर बढाउन जरुरी रहेको बताए । इन्टरनेटको समस्या र डिजिटल साक्षरताको अभावका कारण गाउँगाउँमा डिजिटल प्रविधिको प्रयोगबढाउन नसकिएको उनले बताए ।

    त्यस्तै प्रशिक्षण पश्चात् भएको प्यानल छलफलमा सहभागी हुँदै क्यान महासंघ का केन्द्रिय अध्यक्ष सुनैना घिमिरे पाण्डेय , सुचना प्रबिधि प्रतिस्ठान का कार्यकारी निर्देशक अनुप बास्कोटा , बुटवलउपमहानगरपालिकाका आइटी शाखाका उपनिर्देशक रोशन कुमाररेग्मीले विभिन्न तहका सरकार र क्यान महासंघ मिलेर सूचना प्रबिधि क्षेत्रको बिकास एवं

    बिस्तार गर्न सकिने बतएका थिए ।प्यानल छलफलमा बोल्दै क्यान महासंघका केन्द्रिय अध्यक्ष सुनैना घिमिरे पाण्डेयले संसारका बिकसित देशमा निजि क्षेत्र लाई सहभागी गराएर सुचना प्राविधिको क्षेत्रमा भएका बिकासको मोडेलहरु प्रस्तुत गर्दै त्यस अनुरुप नेपालमा सरकारीस्तरबाट उपेक्षा भएको प्रती ध्यानाकर्षण गराएकी थिइन।उनलेसरकारले निजि क्षेत्र संग सहकार्य गरेर छुट्टै आइटी बोर्ड गठनको आवस्यकता औल्याउँदै नेपाल आइटी क्षेत्रमा नेपालमै हजारौ स्वरोजगार उत्पादन गर्न सकिने उल्लेख गरिन्।

    कार्यक्रममा क्यान महासंघका पूर्व केन्द्रीय अध्यक्ष नवराज कुँवर, केन्द्रीय सदस्य तथा रुपन्देहीका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, बुटवलउद्योग बाणिज्य संघका अध्यक्ष हरी अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, रुपन्देही ब्याप्यार संघका बरिस्ठ उपाध्यक्ष प्रकाशढकाल, क्यान महासंघ रुपन्देहीकानिवर्तमान अध्यक्ष माधव अर्याल,पुर्व अध्यक्ष रामुदेव गौतम, लोकहरि पाण्डे,क्यानका पदाधिकारी र तालिमकर्ताको रुपमाजनप्रतिनिधि, कर्मचारी,टोल बिकाश संस्थाका अद्यक्षहरु,सहकारी कर्मी रविद्यार्थीलगायतगरि ३०० बढीको सहभागिता रहेको थियो । 

    कार्यक्रमको सञ्चालन क्यान महासंघ रुपन्देहीका सचिव शुरेसचन्द्र भट्टराईले गरेका थिए भने प्यानल छलफल मा ई। प्रकाश पौडेलले सहजीकरण गरेका थिए ।डिजिटल साक्षरता र बिद्धुतिय सुरक्षा सम्मेलनकोकार्यक्रम संयोजक महासंघका सचिव सुरेशचन्द्र भट्टराईररक्तदान कार्यक्रमको संयोजकको भूमिकामा कार्यसमिति सदस्य बिष्णुप्रसाद गौतम रहेकाथिए। कार्यक्रम सम्पन्न गर्न मुख्य सहयोगीको रुपमा बुटवल उपमहानगरपालिकारहेको थियो भने सहयोगी सँस्थाको रुपमा रहेर सीएसआइटी एसोसिएसन रुपन्देही र कोड फर चेन्जले प्राबिधिक सहयोग गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology