Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

अर्घाखाँची मालारानीकी २२ वर्षीया प्रितिलाई आफ्नै छिमेकीले गरे निर्घात कुटपिट

अर्घाखाँची मालारानीकी २२ वर्षीया प्रितिलाई आफ्नै छिमेकीले गरे निर्घात कुटपिट

  • 795
    SHARES

  • अर्घाखाँची मालारानीकी २२ वर्षीया प्रितिलाई आफ्नै छिमेकीले  गरे निर्घात कुटपिट

    बुटवल,बैसाख १८ ।

    अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका– ४ निगालीटोल बस्ने २२ वर्षीया प्रिति विकलाई आफ्नै छिमेकीले निर्घात कुटपिट गरेका छन् । धारामा पानी लिन गएको बेला सोही ठाउँका स्थानीय  डिलाराम रिजालले विकलाई निर्घात कुटपिट गरेका हुन् ।

    रिजालको कुटाइबाट सख्त घाइते भएकी विकको जिल्ला अस्पतालमा  सन्धिखर्कमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार विकको शरीरमा थुप्रै निलडाम हुनुका साथै हात, खुट्टा र ढाडमा देखिने खालका चोट छन् ।

    रिजालले आफ्नो पँधेरामा पानी भर्न आएको भन्दै विकलाई कुटपिट गरेको बताइएको छ । रिजाललाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए । घटना हिजो बिहान भए पनि परिवारजनले जाहेरी नदिएकोले रिजाललाई केही समय नियन्त्रणमा लिएर छाडेको रातोपाटीलाई बताए  ।

    उनले भने– ‘परिवारले जाहेरी  नदिएको प्रहरीले  २४ घण्टा भन्दा धेरै समय राख्न नमिल्ने भएको छाडिएको हो।’  परिवारले जाहेरी दिएमा रिजाललाई फेरि नियन्त्रण लिने मल्लले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, बैशाख १८ २०८२०६:१९:०२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology