बुटवल,बैसाख १७ ।
बुटवल पुरानो बसपार्कमा रहेको राधाकृष्ण अमर कृतन मन्दिरमा नयाँमूर्तिको सिंहासनसहित बिराजमान गराईएको छ । अक्षयतृतियाको दिनमा आज शास्त्रीय विधानअनुसार एकाहा,रूद्रि हवन,होम ,भागवत् वाचन सहित राधाकृष्णसहितको नयाँ मूर्तिको सिंहासन गराइ पूजाबिधी पूरा गरिएको छ ।
२०१४ स्थापित बुटवलकै पुरानो र एतिहासिक मन्दिरमा करिब ४० लाख लागतमा नयाँ मूर्तीहरुको सिंहासन गराइएको अध्यक्षा तथा सिंहासन कार्यक्रमका संयोजक अरुणकुमार श्रेष्ठले बताउनुभयो । आज दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा समेत पूजा गरेर अक्षयतृतिया समेत मनाइएको छ ।
सो मन्दिरमा जौको सातु र सर्वत समेत सबैलाइ खुवाइएको छ । बुटवलमा २०२७ मा आएको बाढिले सबै बगाउँदा पनि यो मन्दिर नबगाएको जानकारीहरुको भनाइ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)