Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

आज अक्षय तृतीया पर्व :जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान

आज अक्षय तृतीया पर्व :जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान

  • 1.0K
    SHARES

  • आज अक्षय तृतीया पर्व :जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान

    काठमाडौं, वैशाख १७।

    प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरि मनाइँदैछ ।

    शास्त्रीयविधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ ।

    दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्रसामग्रीद्वारा पूजा गरिन्छ ।

    पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्पराछ ।

    यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ ।

    जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिकोपरम्परा हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, बैशाख १७ २०८२०६:५८:३७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology