बुटवल,बैसाख १६ ।
शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको भित्तेपात्रो (क्यालेण्डर )बिमोचन गरिएको छ। टेलिभिजनको केन्द्रिय कार्यालय बुटवल ९ राजमार्ग चौराहमा एक कार्यक्रमका बिच टेलिभिजन सञ्चालन समितीका अध्यक्ष ओम ज्ञवाली लगायत पदाधिकारीले सामुहिक रूपमा नयाबर्ष २०८२ को भित्तेपात्रो बिमोचन गर्नुभएको हो।
सो समारोहमा बोल्दै टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले नयाँ वर्षको शुभकामना ब्यक्त गर्दै क्यालेन्डरले टेलिभिजनको उपस्थिति गर्विलो भएको बताउनुभयो ।उहाले भित्तेपात्रो बिमोचनमा बिज्ञापन दिएर सहयोग गर्ने बिज्ञापनदाताहरूलाई आभार समेत प्रकट गर्नुभयो ।
कार्यक्रममा टेलिभिजनका सल्लाहकार एवं पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेल, टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवाली, सचिव झपट बहादुर गुरुङ जेबी, सहसचिव रामबहादुर थापा,कोषाध्यक्ष अरुण कुमार श्रेष्ठ, सदस्यहरु घनश्याम तिवारी, जगत प्रसाद पौडेल, कमला काफ्ले तथा टेलिभिजनका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत (सिइयो) कपिल ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो। क्यालेण्डरमा टेलिभिजनका बार्षिक कार्यक्रम समेत समेटिएका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)