Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

पाल्पा रैनादेवी सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

पाल्पा रैनादेवी सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

  • 927
    SHARES

  • पाल्पा रैनादेवी सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

    पाल्पा,बैसाख १५ ।

    पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा परिचालकसहित दुईजना घाइते भएका छन् ।

    जिल्लाको सिद्धेश्वर असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु ३ च २३७७ नम्बरको जीप आइतबार राति१० बजेर १० मिनेटमा अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

    रैनादेवी छहरा गाउँपालिका-१ का ३१ वर्षीय चेतनारायण विक, ३६ वर्षीय दीपेन्द्र बुढा र २२ वर्षीय जनक रेगामी मगरकोमृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी सुनिल मल्लले बताए ।

    डीएसपी मल्लका अनुसार जीपमा पाँचजना सवार थिए। चालक २७ वर्षीय रञ्जन रेश्मी मगरको अवस्था गम्भीर छ।२२ वर्षीय सरोज बुढा पनि घाइते छन् । लुम्बिनी प्रादेशिक अस्पताल र मिसन अस्पताल पाल्पामा उनीहरूको उपचारभइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology