बैसाख,बुटवल १४ ।
लायन्स क्लब अफ बुटवल शान्तिदिपको बर्ष ०२५/०२६ का लागि रामहरि भुसालको नेतृत्वमा नया समिति चयन भएको छ ।
समितिको प्रथम उपाध्यक्षमा लक्ष्मी नारायण खनाल,द्वितीय उपाध्यक्षमा पुनाराम पन्थी , तृतीय उपाध्यक्षमा जालनधर भुसाल ,सचिवमा प्रकास अधिकारी ,सहसचिवमा नारायण पाण्डे ,कोषाध्यक्षमा रण बहादुर बस्नेत र सह कोषाध्यक्षमा माधव राज गैरे चयन भएका छन् ।
ककस अभ्यास अनुसार कम्तीमा एकाउन्न प्रतिशत यस भोट ल्याउनु पर्ने नियमानुसार निर्वाचनको माध्यम बाट नया समिति चयन भएको निर्वाचन अधिकृत तथा संस्थापक अध्यक्ष बाबुराम खनालले बताए ।
निर्वाचित समितिले आवश्यकता अनुसार कार्यसमितिमा नया सदस्य नियुक्त गरेर बिभिन्न जिम्मेवारी प्रदान गर्ने खनालले बताए। शान्तिदिपले बर्ष ०२४/०२५ मा करिब ३० वटा सिर्जनात्मक र सेवामूलक कार्यक्रम गरे बापत डिष्ट्रक बाट बिभिन्न अवार्ड प्राप्त गरेर सम्मानित भएको बर्ष ०२४/०२५ का अध्यक्ष बिशाल पन्थीले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)