बैसाख, बुटवल १२ ।
गुल्मी सिर्सेनी समाज रुपन्देहीले आज बुटवलमा एक कार्यक्रम गरी नया बर्ष २०८२ को भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा समाजका संस्थापक सल्लाहकार तथा प्रमुख अतिथी बुटवल उधोग बाणिज्य संघका अध्यक्ष हरि अर्यालले सिर्सेनि समाजमा आवद्घ भएर जति पनि रुपन्देही र आसपासमा रहेका छौ भावनात्मक र संगठनात्मक एकता सँगै अबका दिनमा व्यवसायीक रुपमा पनि आदान प्रदान गर्नु पर्ने बताउनु भएको छ । यसरी जाँदा रपन्देही तथा आसपासमा व्यवसाय गरेर बस्ने साथीहरु बिच व्यवसायीक हार्दिकता बढ्ने र व्यवसायिक बृदीमा पनि सहयोग पुग्ने उहाँले बताउनू भएको छ ।
बिशिष्ट अतिथी तथा मदाने गाँउपालिका तिन सिर्सेनीका पुर्व अध्यक्ष नारायण घर्तिले समाजका यस प्रकारका गतिबिधीले सिर्सेनी छाडेर रुपन्देहीमा आएर स्थायी तथा अस्थाइ रुपमा बसेकाहरु प्रति एक प्रकारको हार्दिकताको वातावरण सिर्जना गरेकोमा खुशी व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा अतिथी हरि सेन लगायत समाजका पुर्व तथा बर्तमान पदाधीकारी शुभेच्छुक हरुको उपस्थीति रहको थियो । उक्त कार्यक्रममा समाजका अध्यक्ष भिष्मराज अर्याल र कोषाध्यक्ष ज्ञानु अर्यालले बिज्ञापनदाता लाई खादा ओडाएर सम्मान गर्न भएको थियो ।
समाजले स्थापना भएको यस अवधिमा सिर्सेनिमा बृहत स्वास्थ्य शिविर ,रक्तदान , दिन दुखीको स्वास्थ्य उपचारमा सहयोग लगायतका बिभिन्न सामाजिक कार्यहरूको अलवा बिभिन्न पेशा ब्यवसायमा आवद्ध रहेर रुपन्देहिमा रहेका सिर्सेनि बासि लाई एकताबद्ध गर्ने काम पनि गरेको उपाध्यक्ष ऋषि भट्टराईले बताउनु भएको छ ।
कार्यक्रमको अध्यक्षता अध्यक्ष भिष्मराज अर्यालले र सञ्चालन सचिव जयन्त घर्तिले गर्नु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)