Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

सुक्खा पहिरो हटाएपछि नारायणगढ–बुटवल सडककाे दाउन्ने खण्ड सञ्चालन

सुक्खा पहिरो हटाएपछि नारायणगढ–बुटवल सडककाे दाउन्ने खण्ड सञ्चालन

  • 1.2K
    SHARES

  • सुक्खा पहिरो हटाएपछि नारायणगढ–बुटवल सडककाे दाउन्ने खण्ड सञ्चालन

    बुटवल,वैशाख १० ।

    सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–बुटवल सडक खण्ड बिहान ५ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएकाे छ ।

    हिजो नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसेपछि गाडी र यात्रु रोकिएका थिए ।

    प्रहरीका अनुसार सडक अवरुद्ध भएपछि पहिरो पन्छाएर हिजो केही समय एकतर्फी  सञ्चालन गरिएको थियो । अहिले त्यस क्षेत्रमा गाडीको आवागमन सामान्य रहेको प्रहरीले जनाएको छ ।

    दाउन्ने क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । अहिले दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर काम गर्ने गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology