काठमाडौं, वैशाख ९।
राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा यही वैशाख २१गतेबाट हुने भएको छ ।
शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा सञ्चालन गर्न अन्योल सिर्जना भएपछि परीक्षा सर्ने निर्णयमाबोर्ड पुगेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सो जानकारी दिनुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘बदलिँदो परिस्थितिका कारण २०८२ वैशाख २१ गतेदेखि सञ्चालन गर्ने गरी परीक्षा सार्ने निर्णयभएको छ, यस सम्बन्धी औपचारिक सूचना बुधबार बोर्डको वेबसाइड अन्य मिडियामा सार्वजनिक गरिने छ ।’’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)