Logo बिहिवार, आश्विन १ गते २०८३
images

भैरहवामा पत्रकार महिलाका लागि फिचर लेखन वृत्ति विकास तालिम

भैरहवामा पत्रकार महिलाका लागि फिचर लेखन वृत्ति विकास तालिम

  • 1.1K
    SHARES

  • भैरहवामा पत्रकार महिलाका लागि फिचर लेखन वृत्ति विकास तालिम

    भैरहवा,बैसाख ७ ।

    सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा सञ्चारीका समूह रुपन्देहीको सहकार्यमा फिचर लेखन वृत्ति विकासतालिम सम्पन्न भएको

    सञ्चारक्षेत्रमा क्रियाशिल रहेका महिला पत्रकारहरुको लेखन वृद्धि गर्ने उदेश्यले आइतबारभैरहवामा कार्यक्रमको गरिएको हो  

    कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले पछिल्लो समय यो वा त्यो वाहानामासंविधानले महिलाहरुलाई दिएको अधिकारबाट नै बन्चित गर्ने परिपाटि रहेको भन्दै पत्रकारहरुले कलमको मार्फतयस्ता विषय उजागर गर्न आग्रह गर्नुभयो

    उहाँले समाज सुधारको काममा पालीकाले हातेमालो गरेर अघि बढ्नेप्रतिवद्धता समेत जनाउनुभयो   त्यस्तै, सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापालेनगरपालिकाले गरेको सकरात्मक  नकरात्मक दुबै पक्षलाई लिएर समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई शुझावदिनुभयो  

    नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश केसीले पत्रकारहरुको काम समाजमा भएका हरेक बास्तबिकता लेख्ने, प्रकाशन गर्ने भएकाले कसैको दबाव प्रभावमा नपरी आफनो कर्म गर्नुपर्नेमा जोड दिनुभयो ।लुम्बिनी प्रेसक्लबका अध्यक्ष कमल रायमाझीले सञ्चारीका समूहले विगतबाट नै महिला पत्रकारहरुको क्षमता अभिवृद्धिमामहत्वपुर्ण भुमिका  खेलेको भन्दै हरेक तालिमहरुले लेखन कार्यमा सकरात्मक प्रभाव पारेको बताउनुभयो

    कार्यक्रममा सञ्चारीका समुह ,लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोल , सञ्चारीका समुह नेपाल ,रुपन्देहीका निवर्तमान अध्यक्षनिरा गौतम् (निरुले बोल्दै  पत्रकारिता क्षेत्रमा टिक्न बिक्नका लागि समाज अध्ययन संगै लेखन कार्यलाईप्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो समाजमा भएका सबै प्रकारका विषयहरुलाई सकरात्मक नकरात्मक दुबैतरिकाले गहिरो अध्ययन गरि खोज अनुसन्धानमुलक रिर्पोट , समाचार फिचरहरु लेख्नुपर्ने बताउनुभयो

    रुपन्देहीका विभिन्न संचार माध्ययममा आवद्ध ३५ जना महिला पत्रकारहरुको सहभागिता रहेको  उक्त कार्यक्रमसञ्चारीका समुह नेपाल ,रुपन्देहीका अध्यक्ष मिना ढकालको अध्यक्षता ,उपाध्यक्ष मिना पाण्डे (अस्मिना) को स्वागतमन्तव्य तथा महासचिब छांया पन्थको सञ्चालनमा सम्पन्न भएको हो

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, बैशाख ७ २०८२१०:४८:५१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology