बुटवल,बैसाख ७ ।
‘जितगढी विजयी उत्सव २०८२’ शुरू भएको छ । अंग्रेज फ्रौजलाई हराएर इतिहास कायम गरेको दिनको सम्झनामा बैशाख ७ गते बुटवलको ऐतिहासिक जितगढी किल्लामा देशभक्तिपूर्ण गीत संगीतका साथ जितगढी विजय उत्सव मनाउन शुरू भएको छ ।
ईष्ट इण्डियाको कम्पनी फौजलाई पराजित गर्दै मातृभूमी जोगाएको दिन पारेर आइतबार ‘जितगढी विजयी उत्सव साँस्कृतिक साँझ(२०८२’ को औपचारिक कार्यक्रम गरिएको हो ।
बुटवल उपमहानगरको प्रवर्द्धनमा आयोजना गर्न भैरहेको कार्यक्रममा विभिन्न कलाकारहरुबाट देशभक्ति गित तथा नृत्यहरु प्रस्तुत गरिने छन् । कार्यक्रमका प्रमुख अथितिका रूपमा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगायत बिभिन्न स्थानीय सरकारका प्रमुख उपप्रमुख तथा सरकारी अधिकारीहरूको उपस्थिति रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)