बुटवल,बैसाख ६ ।
थोर्गा रूपन्देही सम्पर्क समाजको भित्तेपात्रो बिमोचन गरिएको छ । शनिवार तिलोत्तमा एक कार्यक्रमका बिच नयांबर्ष २०८२ को क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान गरिएको हो ।
समाजका अध्यक्ष ओम ज्ञवालीको अध्यक्षता तथा पुर्व अध्यक्ष तथा सल्लाहकार रामप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सो अवसरमा बोल्दै पुर्व अध्यक्ष तथा सल्लाहकार रामप्रसाद पोखरेलले समाजको कृयाशिलता बढ्दै गएको उल्लेख गर्नुभयो ।
समाजका अध्यक्ष ओम ज्ञवालीले समाजको स्थापनादेखि हालसम्म रचनात्मक काम गर्दै आएको बताउनुभयो । उहाले गुल्मी थोर्गा र रूपन्देहीलाइ समेत एकआपसमा जोड्दै अघि बढिरहेको बताउनुभयो ।
सो अवसरमा मानव अधिकार आयोगका प्रदेश प्रमुख हरिप्रसाद ज्ञवाली,गुल्मेली सम्पर्क समाज भैरहवा सेक्टर अध्यक्ष केशवप्रसाद ज्ञवाली,नेपाल स्वास्थ्यकर्मी संघ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष भिम ज्ञवाली,जिल्ला अदालत रूपन्देहीका अधिकृत प्रदिप ज्ञवाली,अग्रज चतुर्भुज ज्ञवाली,सामुहिक बचत तथा ऋण सहकारीका प्रमुख प्रशासकीय अधिकृत देवराज ज्ञवाली,बुद्ध टेलिभिजनका प्रमुख कार्यकारी अधिकृ कपिल ज्ञवाली,क्यालेण्डर प्रकाशन समिति संयोजक कृष्ण ज्ञवाली,उपाध्यक्ष खगेश्वर भण्डारी,सचिव षडानन्द पोखरेल लगायतले बोल्दै नयाबर्षको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)