Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

अन्तर्राष्ट्रिय लोक साँस्कृतिक आदानप्रदान कार्यक्रममा नेपाली टाेलीको गौरवमय प्रस्तुति 

अन्तर्राष्ट्रिय लोक साँस्कृतिक आदानप्रदान कार्यक्रममा नेपाली टाेलीको गौरवमय प्रस्तुति 

  • 5.5K
    SHARES

  • अन्तर्राष्ट्रिय लोक साँस्कृतिक आदानप्रदान कार्यक्रममा नेपाली टाेलीको गौरवमय प्रस्तुति 

    बुटवल,बैसाख ५ ।

    ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डको राजधानी बैंकक तथा पत्तयामा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक आदानप्रदान कार्यक्रममा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ ।

    एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख डा.आर सी कोइराला ‘रामचन्द्र’को नेतृत्वमा सहभागी हुन त्यतर्फ गएको टोलीमा डा.कोइरालाको साथै  नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशकाका पदाधिकारी तथा कलाकारहरु, लोकेन्द्र शाह, साबित्री बुढाथोकी (मीना), सुन्दर गुरुङ, डिल कुमारी उपाध्याय (प्रतिमा), मन्जु दमाई, दावा शेर्पा (दर्पण), उषा खत्री, कमला प्रधान (रजनी), मोनिका राना, लिला घिमिरे, माया बस्यालको सहभागि भएको थिए ।

    तीन दशक भन्दा लामो समयदेखि साँस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डको राजधानी बैंकक तथा पत्तयामा  आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक आदानप्रदान कार्यक्रममा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ ।

    थाइल्यान्डको राजधानी बैंकक तथा पत्तयामा अप्रिल १० तारिफ देखि १६  सम्म आयोजना भएको मेलामा नेपाल सहित मेक्सिको, श्रीलंका, रसीया र थाइल्यान्डको सहभागी थियो ।dance tee.jpg

    सोही अवसरमा समुहका प्रमुख कोइरालाले स्थानीय नगरपालिकाका प्रमुख, उपस्थित सम्पूर्ण महानुभाव तथा आयोजकलाई भेट गरी नेपालमा साँस्कृतिक पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना बारे तथा भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रमहरू सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगमा गर्न सकिने बारेमा जानकारी दिएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology