Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

रोयल इनफिल्डको पांच वटा भेरियन्ट बुटवलमा सार्वजनिक,क्लासिक ३५० मोडल २३ थान बिक्री

रोयल इनफिल्डको पांच वटा भेरियन्ट बुटवलमा सार्वजनिक,क्लासिक ३५० मोडल २३ थान बिक्री

  • 2.0K
    SHARES

  • रोयल इनफिल्डको पांच वटा भेरियन्ट बुटवलमा सार्वजनिक,क्लासिक ३५० मोडल २३ थान बिक्री

    बुटवल ,बैशाख ४ ।

    रोयल इनफिल्ड बुटवलको आधिकारिक बिक्रेता ‘गैरे प्रतिष्ठान प्रालि’ ले रोयल इन्फिल्डको नयां पाँच भेरियन्ट बिक्री शुभारम्भ गरेको छ ।

    आज एक कार्यक्रम गरी रोयल इन्फिल्ड सिकेडी प्लान्टमा बनेका नयाँ क्लासीक बाइककोबुकिङ, टेस्ट राइड र विक्री सुरू गरेको हो ।IMG_7038.jpeg

    बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्यालले उक्त बाईकको सार्वजनिक गरे सङ्गै प्रतिष्ठानले बिक्रीकोशुभारम्भ गरेको हो । मध्यम आकारको मोटरसाइकल (३५० सीसी–६५० सीसी) क्षमताका बाइक उत्पादनमाविश्वव्यापी रूपमा अग्रणी रोयल इनफिल्डले क्लासिक ३५० मोडल नेपालमा सार्वजनिक गरेको हो । पुरानोआकर्षणलाई कायम राख्दै आधुनिक सुधार सहित क्लासिक ३५० सार्वजनिक गरेको हो ।IMG_7034.jpeg

    रोयल इन्फिल्ड सिकेडीमाउत्पादित यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा पु¥याइने प्रतिष्ठानले बताएको छ । यसको सुरूवातीभेरियन्टको मुल्य ५ लाख ५५ हजार तोकिएको छ । सुरूवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबीएस सहितप्रिमियम एलईडी हेडल्याम्प एलईडी पाइलटल्याम्प पनि उपलब्ध गराउनेछ । यस्तै त्यसमा टाइप सी युएसबी चार्जरहुनेछ भने गियर सुचक जनाउने गियर इन्डिकेटर पनि हुनेछ ।

    आधुनिक सुविधा सहित अतुलनीय मुल्यमा रोयल इन्फिल्ड उपलब्ध हुने भएको हो । अबदेखि नेपालमा क्लासिक सबैभेरियन्टमा एबीएस उपलब्ध हुने प्रबन्ध सञ्चालक सदस्य प्रवेश गैरेले बताए । न्यू क्लासिक ३५० सातवटा आकर्षकरङमा उपलब्ध हुनेछ ।

    पाँच भेरियन्टका बाइकहरू हेरिटेज, हेरिटेज प्रिमिय, सिग्नल्स, क्लासिक डार्क र क्लासिकक्रोममा उपलब्ध हुनेछन् । प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिङ सँगै आकर्षक डिजाइन रहेका छन् । सन् १९५०देखि चलिरहेको क्लासिकले विशुद्ध मोटरसाइक्लिङ्गको प्रतिनिधित्व गर्दै आएको कम्पनिले जनाएको छ ।IMG_7025.jpeg

    क्लासिक ३५० सार्वजनिक भए पछि कम्पीनका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले नेपाली बजार हाम्रालागि सधैँ विशेष रहँदै आएको बताएका छन् । नेपाली बजारमा त्यस प्रकारको प्रभाव रहेको गैरे प्रतिष्ठान प्रालीबुटवलका अध्यक्ष प्रेम राज गैरेले पनि पुष्टि गरेका छन् । मध्यम तौल मोटरसाइकलका १० मध्ये ८ पारखीहरूले रोयलइन्फिल्डलाई विश्वास गरेको उनले बताएका छन् । यसको नेपाली बजार मुल्य रु ५,५५,००० देखि ५,७९,००० सम्मरहेको प्रमुख प्रबन्धक धुर्व सापकोटाले बताए ।

    आकर्षक स्वरूप भिन्टेज आकर्षण र सुधारिएको प्रविधिका कारण क्लासिक ३५० रोयल इन्फिल्डको सांस्कृतिकप्रतीकसँगै त्यसको डीनएको आधिकारिक स्वरूप बन्ने विश्वास रहेको प्रतिष्ठानले बताएको छ । यसको हेरिटेजप्रिमियम भेरियन्ट मेडालियन ब्रोन्जमा उपलब्ध छ । यसले क्लासिकको वास्तविक स्वरूपलाई थप समृद्ध बनाएको छ ।

    सिग्नल सिरिज कमाण्डो स्यान्डमा रहेको सिग्नल सिरिजले रोयल इन्फिल्डको सशस्त्र बलसँगको ऐतिहासितसम्बन्धको सम्मान गर्छ । स्वरूपले झनै सौन्दर्य बढाएको छ । डार्क सिरिज खैरो र कालो मिश्रित रंगमा तामाको हल्कालेपनले यसलाई थप आकर्षक बनाएको छ ।क्लासिक क्रोम निख्खर हरियो स्वरूपमा उपलब्ध यस मोडलले भिन्टेजशैली र प्रिमियम स्वरूपको प्रतिनिधित्व गर्दछ ।

    सिकेडी ब्राजिल, अर्जेन्टिना, थाइल्याण्ड, कोलम्बिया, बङ्गालादेशमार भारतको तमिलनाडु बाट यसको उत्पादन हुने गरेको प्रतिष्ठानले जनाएको छ । गैरे प्रतिष्ठान प्रालिले क्लासिक ३५० ररोयल इलफर्ड हिमालयन स्क्रयाम ४११ मोडलको मोटरसाइकल पनि बिभिन्न समयमा लञ्च गरेको गरि सकेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, बैशाख ४ २०८२०७:१७:४९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology