Logo बिहिवार, आश्विन १ गते २०८३
images

बागलुङ जिप दुर्घटनाका घाइते सबैको पहिचान खुल्यो

बागलुङ जिप दुर्घटनाका घाइते सबैको पहिचान खुल्यो

  • 1.4K
    SHARES

  • बागलुङ जिप दुर्घटनाका घाइते सबैको पहिचान खुल्यो

    बागलुङ,वैशाख १ ।

    बागलुङको तमानखोला गाउँपालिका-२ स्थित कटेरीमा भएको जिप दुर्घटनाका घाइतेहरूको पहिचान खुलेको छ । सोमबार दिउँसो ग१ ज ५७०५ नम्बरको जिप दुर्घटना हुँदा  घाइते भएका ११ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा परी घाइते हुनेहरूमा गलकोट नगरपालिका-१ की ३० वर्षीया मुना विक, जुम्लाको कन्का सुन्दरी गाउँपालिका-२ का २६ वर्षीय प्रेम रावल, रुकुम पश्चिम बाधिकोट गाउँपालिका-६ का ३२ वर्षीय सुदर्शन कुसारी, बागलुङको तमानखोला-१ का २९ वर्षीय सचिन विक, सोहो ठाउँ बस्ने ६३ वर्षीया इन्द्रकुमारी गिरी, ५२ वर्षीया मनसरी शेरचन, बागलुङको तमानखोला गाउँपालिका-२ की २० वर्षीया झरना गिरी रहेका छन् ।

    यसैगरी घाइते हुनेहरूमा बागलुङको तमानखोला गाउँपालिका-१ की २५ वर्षीया बसन्ती मगर, बागलुङको तमानखोला गाउँपालिका-१ का २७ वर्षीय जिप चालक सुशील रसाइली रहेका छन् ।

    यसैगरी घाइते हुनेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका-१३ का २३ नवीन मल्ल र बागलुङको तमानखोला गाउँपालिका-१ का १२ वर्षीय मनी मगर रहेका छन् ।

    घाइते मध्ये २ जनालाई थप उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य घाइतेहरूको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology