Logo बुधवार, श्रावण १३ गते २०८३
images

नेताहरुको एकै स्वर -‘पूर्वमन्त्री बोहराको निधनले देशलाई अपूरणीय क्षति’

नेताहरुको एकै स्वर -‘पूर्वमन्त्री बोहराको निधनले देशलाई अपूरणीय क्षति’

  • 891
    SHARES

  • नेताहरुको एकै स्वर -‘पूर्वमन्त्री बोहराको निधनले देशलाई अपूरणीय क्षति’

    भैरहवा, वैशाख १ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता, प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री दीपक बोहराको निधनले देशलाई अपूरणीय क्षति पुगेको नेताहरुले बताएका छन् । उनीहरुले बोहराको निधनले रुपन्देही र राप्रपालाई मात्र नभइ सिंगो देशलाई नै क्षति पुगेको बताएका हुन् ।

    राप्रपा रुपन्देहीले स्वर्गीय बोहराको स्मृतिमा भैरहवामा आयोजना गरेको श्रद्धाञ्जली सभामा नेताहरुले रुपन्देही र देशले एउटा असल अभिभावक गुमाएको बताए ।

    कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले बोहराको निधनले रुपन्देही जिल्ला र समग्र राष्ट्रिय राजनीतिमा गम्भिर क्षति पुगेको बताए ।

    बोहरासँगै एउटै सरकारमा मन्त्री भएर र संविधान सभा सदस्य हुँदा पनि सँगै काम गरेको खाणले स्मरण गरे । रुपन्देहीको विकास यो जिल्ला र यहाँका जनताको मात्र नभइ समग्र नेपालको विकासका लागि आधारशिला हो भन्ने आफूहरुको धारणा रहेको उनको भनाइ छ । बोहराको अभाव आफूले जीवनभरी महसुस गरिरहने उनले बताए ।

    त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वगृहमन्त्री सन्तोष कुमार पाण्डेयले दीपक बोहराको भौतिक शरीर नरहे पनि उहाँको विचार यो समाजमा रहिरहने बताए ।

    संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले रुपन्देही र देशका विकासको लागि दीपक बोहराको महत्वपूर्ण भूमिका रहेको बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले बोहराको निधनप्रति दुःख व्यक्त गरे । उनले बोहरासँग सहकार्य गरेर अगाडि बढेको स्मरण गरे ।

    नेकपा (एमाले) रुपन्देहीका जिल्ला उपाध्यक्ष हितराज पन्थीले दीपक बोहराको योगदान नयाँ पुस्ताका लागि अनुकरणीय रहेको बताए । राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष सागर प्रताप राणाको अध्यक्षता तथा सचिव बलराम शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    कार्यक्रममा बोहराको जीवनीबारे दिवाकर पाण्डेले प्रकाश पारेका थिए । दीपक बोहराको २०८१ चैत १९ गते ७४ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology