Logo शनिवार, श्रावण १६ गते २०८३
images

नमस्ते नेपालद्वारा नयाँ बर्ष २०८२ को भित्तेपात्रो (क्यालेण्डर) बिमोचन

नमस्ते नेपालद्वारा नयाँ बर्ष २०८२ को भित्तेपात्रो (क्यालेण्डर) बिमोचन

  • 2.5K
    SHARES

  • नमस्ते नेपालद्वारा नयाँ बर्ष २०८२ को भित्तेपात्रो (क्यालेण्डर) बिमोचन

    बुटवल ,चैत ३१ ।

    नमस्ते नेपालले नया बर्ष २०८२ को भित्तेपात्रो (क्यालेण्डर) बिमोचन गरेको छ । बुटवल उपमहानगरपालिकामा एक कार्यक्रमका बिच नगर प्रमुख खेराज पाण्डेयले बिमोचन गर्नुभयो ।

    सो अवसरमा बोल्दै पाण्डेयले सामाजिक काममा क्रियाशिल रहेको संस्थाले रचनात्मक काम गरिरहेको बताए ।उनले बुटवल नगरका बिभिन्न अभियानमा जोडिएर युवाहरूलाइ काम गर्न उनले आग्रह गरे ।

    सो अवसरमा संरक्षक तथा संस्थापक अध्यक्ष नितेश खरेल अर्जुनले युवाहरूलाई थप जागरुक बनाउदै नेतृत्वमा पुर्याउने र सामाजिक काममा अग्रसरता बढाउने काम संस्थाले गरिरहेको बताए ।

    कार्यक्रममा नमस्ते नेपालका अध्यक्ष मनिष भुसाल,उपाध्यक्ष सुशिल सुवेदी ,पत्रकार कपिल ज्ञवाली लगायतले बोल्दै नमस्ते नेपालले देशब्यापि रूपमा रचनात्मक अभियानहरू चलाउनु सकारात्मक काम भएको बताएका थिए । नमस्ते नेपाल बिस २०६८ सालमा बालक्लवका रूपमा स्थापित भएको संस्था हो ।kharel.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology