बुटवल,चैत ३० ।
आजदेखि पहिलो बुटवल सडक महोत्सव शुरु भएको छ । तीन दिने महोत्सवको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो ।
बुटवल तिनकुनेदेखि होराईजन चोकसम्म सडक महोत्सवमा ६० स्टल रनखिएको अध्यक्ष प्रशान्त कोइरालाले बताउनुभो । आज पहिलो दिनमा नै दर्शकको घुँइचो बढेपछि आयोजक रेवान रूपन्देही हौसिएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)