बुटवल,चैत ३०।
बुटवल–पाल्पा सडक खण्डमा कारमाथि ढुंगा खस्दा एकजना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार माथि ढुंगा खस्दा कारमा सवार गणेश गैरे घाइते भएका हुन् । उक्त कार पाल्पाको भैरवस्थानतर्फ जाँदै गरेको थियो ।
तिनाउ गाउँपालिका ३ रामापिथेकस पार्कनिर चट्टाने भीरबाट खसेको ढुंगा कारको माथिल्लो भाग छेडेर भित्र पसेको दोभान प्रहरी चौकीले जनाएको छ । घाइतेको अवस्था सामान्य भए पनि कारमा भने क्षति पुगेको प्रहरीको भनाइ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)